डिपिएल क्रिकेटमा टिम चौराहाको लगातार दोस्रो जित

काठमाडौं, चैत्र २० । डिपिएल क्रिकेट प्रतियोगितामा टिम चौराहा धनगढीले महेन्द्रनगर युनाइटेडलाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको छ।

मंगलबार भएको खेलामा महेन्द्रनगरले दिएको १३२ रनको लक्ष्य धनगढीले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । धनगढीका लागि सुनील धमलाले नटआउट ४६ रन जोडे। उनले ४७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सोनु तामाङ पनि १५ रनमा नटआउट रहे। उनले ७ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसअघि युएईका खेलाडीद्वय अस्फाक अहमेदले ३० रन र रोहान मुस्ताफाले ३९ रन बटुले। अस्फाकले २४ बलमा ६ चौका र मुस्ताफाले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे।बलिङतर्फ महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले १–१ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन जोड्यो। खराब सुरुवात गरेको महेन्द्रनगरका कप्तान तथा ओपनर विनोद भन्डारी ११ र आसिफ शेख ८ रनमा आउट भए। लगत्तै हरिशंकर साह र आरिफ शेख खाता नै खोल्न नपाइ पेभिलियन फर्के। रोहितकुमार पौडेल पनि ३ रनमा रनआटउको सिकार बन्दा महेन्द्रनगरले ८ ओभरमा ४७ रन जोड्दा ५ विकेट गुमायो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!