बोक्सीको आरोपमा युवती कुट्ने भोलेबाबासहित ६ जना जेल चलान

धनगढी, चैत २० । कैलाली जिल्ला, घोडाघोडी नगरपालिकामा बोक्सीको आरोप लगाई स्थानीय राधा चौधरीलाई कुटपिट गरिएको घटनामा संलग्न छ जनालाई जिल्ला अदालतको आदेशबमोजिम पुर्पक्षका लागि आज कारागार पठाइएको छ ।

घोडाघोडी नगरपालिका—५ देउकलिया गाउँकी चौधरीलाई गत फागुन २४ गते कुटपिट गरिएको थियो । समाचार माध्यमहरूमा प्रसारित भएपछि यस समाचारले देशव्यापी चर्चा पाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुर्पक्षका लागि कारागर पठाइएकामा अभियुक्त भोलेबाबा भनिने रामबहादुर चौधरी र उनलाई साथ दिने भनिएका किस्मती चौधरी, स्मारिका चौधरी, वेदप्रसाद चौधरी, चनकला चौधरी र सीतारानी चौधरी छन् ।

कुटपिटपछि उपचारका निम्ति धनगढीस्थित सेती अंचल अस्पताल ल्याइएकी पीडित चौधरी स्वास्थ्योपचारपछि केही दिनअघि घर फर्किसकेकी छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!