डीपीएलमा अाज स्टार खेलाडीबीच कडा प्रतिस्पर्धा हुँदै

रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)-२ मा अाज स्टार खेलाडीहरुले भरिएको टीम चौराह धनगढी र महेन्द्रनगर युनाइटेड अामनेसामने हुदैछन्।

साबिक विजेता धनगढीले यसअघि खेलेका दुइ खेलमध्ये एकमा जित र अर्कामा हार व्यहाेरेको छ। महन्द्रनगरको भने यो दोस्रो खेल हो। पहिलो खेलमा उसले बलियो मानिएको विराटनगर किंग्सलार्इ पराजित गरेको थियो।

तेस्रो खेल भएकाले धनगढीलार्इ जित्दै प्लेअफको सम्भावना बलियो बनाउने दबाब रहनेछ। तर, दोस्रो खेलमात्रै भएकाले महेन्द्रनगरलार्इ त्यो दबाब कम छ तर उपनि जितका साथ माथिल्लो स्थानमा उक्लन चाहान्छ।

टीम चौराह धनगढीले यूएइका कप्तान रोहन मुस्तफा र यूएइकै अर्का ब्याट्सम्यान अस्फाक अहमलार्इ विदेशी खेलाडीका रुपमा अावद्ध गरेर टोलीलार्इ मजबुद बनाएको छ। यसअघि मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालार्इ पराजित गर्ने क्रममा रोहनले ४० रनकाे पारी खेलेका थिए। यस्तै धनगढमा सोमपाल कामी, सुनिल धमला, राजेश पुलामीमगर, राजु रिजाल स्टार खेलाडीका रुफमा छन्।

महेन्द्रनगर युनाइटेड पनि स्टार खेलाडीहरुले भरिएको टिम हो। उसका विदेशी खेलाडी भारतका पुनित विष्टले अाइपीएल खेलिसकेका छन् भने पुनित मेहरासँग रण जी ट्रफी खेलेको अनुभव छ। कप्तान विनोद भण्डारी, करण केसी रोहेित पौडेल, अारिफ सेख, अभिनास कर्ण, अासिफ सेख उसका स्टार खेलाडी हुन्।

टीम चौराह धनगढी

सोमपाल कामी (कप्तान), राजेश पुलामी मगर, आंशु कन्दोई, विजय राना, योगेन्द्रसिंह कार्की, ललितसिंह भण्डारी, सोनु तामाङ, शंकर राना, रबिन्द्रजंग शाही, सुनिल धमला, महेश अधिकारी, राजु रिजाल, रोहन मुस्तफा (युएई) र अस्फाक अहमद (यूएइ)

महेन्द्रनगर युनाइटेड

बिनोद भण्डारी (कप्तान), करण केसी, अभिनाश कर्ण, मोहम्मद आरिफ शेख, नारायण जोशी, प्रनित थापा मगर, हरिशंकर साह, अरुण ऐरी, भुवन कार्की, मोहम्मद आशिफ शेख, रोहित कुमार पौडेल, रोबिन क्षेत्री, दिपेन्द्र चन्द, पुनित बिष्ट (भारत), पुनित मेहरा (भारत)

कमेन्ट गर्नुहोस्

error: Content is protected !!