एकताबारे प्रचण्ड : दुर्घटना हुँदैन

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे ।

विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सद्धिान्तका आधारमा एकता हुन लागेको खुलासा गरे । नेताहरुको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र प्रधानमन्त्री केपी ओली सहअध्यक्ष भएर पार्टी चलाउने उनको भनाइ थियो ।

कान्तिपुर दैनिकमा छापिएको प्रचण्डको अन्तर्वार्ताभित्रबाट केही बुँदा –

चुनावले एकताका लागि मल र सिँचाइको काम गर्यो ।

महाधिवेशनसम्म सहअध्यक्ष अथवा दुई अध्यक्ष रहने र दुवैको हैसियत समान हुनुपर्छ भन्ने सोचेका छौं ।

सरकार आलोपालोको कुरा अहिले सोचेका छैनौं ।

युरोपियन युनियनको निर्वाचन अनुगमन प्रतिवेदनमा जस्तो भनाइ आयो, त्यो दुर्भाग्यपूर्ण छ ।

गुटबन्दीले दुःख पाइयो भन्ने हामीलाई महसुस भएको छ ।

देशभित्र र बाहिरका केही शक्तिलाई वामपन्थी मिलेको त्यति राम्रो लाग्दैन ।

ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ ।

केही मान्छे संघीयता असफल होस् भन्ने चाहना राख्छन् ।

अदालत, सुरक्षा निकायलगायत राज्यका सबै अंग रुपान्तरण हुनुपर्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!