भूकम्प पीडितहरूलाई थप १ लाख दिने निर्णय कार्यान्वयन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्प पीडितहरूलाई थप १ लाख सहयोग अनुदान दिने अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् ।

राप्रपाले सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेको छ । राप्रपा समेत सहभागी पूर्ववर्ती सरकारको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!