आम्मै ! सिन्धुपाल्चोकमा मेवा भन्दा ठूलो असिना

काठमाडौं, चैत्र १९ । मौसममा अचानक आएको बदलीले यति बेला काठमाडौ उपत्यकासहित धेरै जिल्लामा असिनासहित वर्षा भइरहेको छ ।

सोमबार साँझ सिन्धुपाल्चोकमा मेवा आकारको असिना परेपछि गहुँ, तरकारी, फलफूललगायत सबै प्रकारका बालीमा ठूलो क्षति पुर्याएको कृषकहरुले बताएका छन् ।

भित्र्याउनका लागि तयार भएको बाली नष्ट हुँदा ठूलो नोक्सानी भएको छ । सामान्यतस्ः यति बेला सबै प्रकारका फलफूलमा दाना लाग्ने समय हो । असिनासहितको पानी र हावाहुरीले गर्दा कृषकलाई ठूलो क्षति भएको बताइएको छ ।

तर बढ्दो गर्मीसँगै परेको पानीले नयाँ खेती लगाउनका लागि राम्रो हुनका साथै वर्षापछि राजधानीसहित देशैभर पानीको आपूर्तीमा भने केही राहत हुने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!