मन्त्री मगरको पहलमा सयाैं महिलाले गरे क्यान्सरको परीक्षण, केहीमा देखियो पोजिटिभ

कञ्चनपुर, चैत्र १९ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको पहलमा कञ्चनपुरमा धैरे महिलाले निशुल्क रुपमा क्यान्सर रोगको परीक्षण गरेको शिविर संयोजक सरु दाहाल अधिकारीले बताएकी छन ।

संयोजक सरुले भनिन, ‘धेरै–धेरै आभार ब्यक्त गर्दछु संयोजकको नाताले कन्चनपुरसम्म शिबिर पुर्याउन सहयोग गर्नु हुने नेपाल सरकारका माननीय खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई । आफ्ना दिबङगत परिवार दिदी स्व ज्ञानु दाहाल र पति स्व प्रकाश दाहालको संझनामा चार दिनको बृहत् निशुल्क स्तन तथा पाठेघरको मुखको भीआइए टेस्ट कार्यक्रम राख्नुभको जानकारी गराउछु ।’

याे पनि पढ्नुस  अर्कैको नाममा परीक्षा दिने युवती पक्राउ

चारदिनसम्म कञ्चनपुरका विभन्न स्थानमा सञ्चालन भएको शिविरको पहिलो दिन पुनर्बास नगरपालिकामा सात सय जना महिलाले स्तन तथा पाठेघरको जाँच गराएका थिए । जसमध्ये २२ महिलामा भीआइए पोजेटिभ देखिएको भने एक महिलामा क्यान्सर भेटिएकाे संयाेजक सरुले बताइन।

शिविरमा २२ जनालाई र cervical polyp भएका २५४ जनालाई एन्टीबायाेटिक वितरण गरिएकाे थियाे । त्यसैगरी तीन जनामा क्यान्सरकाे लक्ष्यण देखिएपछि  मेमोग्राम गर्न रिफर गरिएका सरुले बताइन ।

साथै शिबिरमा क्यान्सर संबन्धि जनचेतना कक्षा संचालन गरी सचेत गराइएकाे थियाे । विरामीलार्इ बायस्बि गराउन र थप उपचारका लागि सेती अञ्चल अस्पताल र भरतपुरस्थित क्यान्सर अस्पतालमा सहुलियत उपलब्ध गराउने पनि तयारि गरिएको छ।

याे पनि पढ्नुस  अर्कैको नाममा परीक्षा दिने युवती पक्राउ

चितवनकाे बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन भएकाे थियाे । मंगलबार उक्त शिबिर कञ्चनपुरकाे बेलाैरी  नगरपालिकामा हुने बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!