मानिसको यौन जीवन बर्बाद पार्दैछ स्मार्ट फोन

श्रीमान-श्रीमती बीच अन्तरङ्ग क्षणहरूमा एकाकार भएका छन्। दुवै प्रेमको पराकाष्ठामा पुगेको बेला अचानक फोनमा नोटिफिकेसन टोन बज्छ। श्रीमान र श्रीमती दुवै आआफ्नो फोन तिर हेर्छन्। श्रीमानको फोन रहेछ।

उनी एक छिन् अलग्गिन्छन् र फोन समातेर चेक गर्छन्। “लौ यो पो गजब आयो!” उनी आफ्नो एक जना विद्युतीय साथीले भर्खरै सामाजिक संजालमा साझा गरेको उट्पट्याङ भिडियो श्रीमती तिर देखाउँदै भन्छन्, “काँ- काँबाट ल्याउँछ यो?”

श्रीमती जुरुक्क उठ्छिन् र हतार हतार कपडा लगाएर आफ्नो फोनतिर लाग्छिन्। …..

कुनै कथा, उपन्यास या चलचित्रको अंश झैँ लाग्ने यो परिघट्ना धेरै परिवारहरूको साझा कहानी झैँ भएको छ। हाम्रो जीवनमा स्मार्टफोन, सामाजिक संजाल, ग्याजेट, च्याट, शेयर आदिले यसरी घुसपैठ गरेका छन् कि जीवनका कतिपय प्राथमिकताहरू ओझेल पर्दैछन् र हाम्रो जीवनको महत्वपूर्ण समय स्मार्ट फोन र सामाजिक संजालमा खर्च भइरहेको छ।

मोबाइल फोन र सामाजिक संजालले हामीलाई आफ्ना वास्तविक र भौतिक साथी संगातीहरूबाट टाढा र अवास्तविक र टाढाका साथीहरूको नजिक धकेलिदिएको छ।

कण्डम निर्माता कम्पनी ड्युरेक्सले ब्रिटेनमा गराएको एउटा सर्वेक्षणमा अचेलका पुरुषहरूले श्रीमतीभन्दा बढी आफ्नो स्मार्ट फोन तथा ग्याजेटको चिन्ता गर्न थालेको निष्कर्ष निकालेको थियो। यस सर्वेक्षण अनुसार ४० प्रतिशत श्रीमतीहरूले पतिहरूले अधिकांश समय मोबाइलमा खर्च गर्ने भएकाले प्रेमपूर्ण कुराकानीका लागि खासै समय नबच्ने गुनासो गरेका थिए।

त्यस्तै ३० प्रतिशत दम्पत्तिहरूले अक्सर प्रेम गरिराखेको बेला मोबाइल फोन बाधा बन्न जाने तथ्य स्वीकारेका थिए।  शोधमा भाग लिएका ३० प्रतिशत श्रीमतीहरूले यौन सम्बन्ध राख्दा पनि उनका पतिहरूको एकाग्रता यस तर्फ नरहने र फोन र श्रीमती मध्ये कुनै एकलाई छान्नु पर्ने अवस्थामा रहेका बेला उनका श्रीमानहरूले फोनको छनौट गर्ने गुनासो व्यक्त गरेका थिए।

साथै यस सर्वेक्षणले के पनि देखेको छ भने लगभग २५ प्रतिशत जोडीहरू आफ्ना यौन क्रियाकलापहरूको भिडियो बनाउन ग्याजेटहरूको प्रयोग गर्ने गर्दछन्, जबकि ४० प्रतिशत मानिस तस्बिर लिने गर्दछन्।

यस सर्वेक्षणले शयन कक्षमा ग्याजेटहरू नलैजान स्पष्टसँग सुझाब दिएको छ। यसले परस्पर अनावश्यक विवाद खडा हुने सम्भावना त हुन्छ नै यसरी ग्याजेटहरूमा अन्तरङ्ग पलहरूका भिडियो खिंचिनाले त्यसलाई सुरक्षित राख्ने अर्को चुनौती समेत सामुन्ने आउँछ। कुनै ह्याकरले ग्याजेट ह्याक गरेर यस्ता सामग्री चोरेको खण्डमा अनावश्यक दुःख पाइने सम्भावना रहन्छ।

३० प्रतिशत श्रीमतीहरूले यौन सम्बन्ध राख्दा पनि उनका पतिहरूको एकाग्रता यस तर्फ नरहने र फोन र श्रीमती मध्ये कुनै एकलाई छान्नु पर्ने अवस्थामा रहेका बेला उनका श्रीमानहरूले फोनको छनौट गर्ने गुनासो व्यक्त गरेका थिए।

भन्नै परेन स्मार्ट फोनले मानिसलाई परिवार, समाजबाट टाढा बस्ने एकलकाँटे मात्रै बनेको हैन उसको यौन जीवनलाई समेत तहस नहस पारिदिएको छ। साथमा यौन साथी र मोबाइल फोन सँगै हुँदा ध्यान बाँडिनु स्वाभाविक नै हो।

मोबाइल फोन र सामाजिक संजालले हामीलाई आफ्ना वास्तविक र भौतिक साथी संगातीहरूबाट टाढा र अवास्तविक र टाढाका साथीहरूको नजिक धकेलिदिएको छ। यसको प्रत्यक्ष प्रभाव मानिसको यौन जीवनमा समेत परेको छ। मानिसहरू सँगै बस्ने व्यक्तिभन्दा पनि कोषौं टाढा रहेको व्यक्तिसँग आफूलाई बढी नजिक महसुस गर्दैछन्। र यसले मानिसको यौन प्रतिको रुचिमा समेत उल्लेखनीय परिवर्तन आएको छ। केही वर्ष यता खुबी चलन चल्तीमा रहेको साइबर सेक्सले युवाहरूको ध्यान तानेको छ। यसले मानसिक रूपमा विकृति त पैदा गरेको नै छ साथै यसले अवसाद, निराशा जस्ता चरम मानसिक समस्याहरू समेत निम्त्याएको छ।

हाम्रो जीवनमा स्मार्टफोन, सामाजिक संजाल, ग्याजेट, च्याट, शेयर आदिले यसरी घुसपैठ गरेका छन् कि जीवनका कतिपय प्राथमिकताहरू ओझेल पर्दैछन् र हाम्रो जीवनको महत्वपूर्ण समय स्मार्ट फोन र सामाजिक संजालमा खर्च भइरहेको छ।

टाइम म्यागेजिनले २०१६ मा सार्वजनिक गरेको एउटा अध्ययनमा रोमान्टिक सम्बन्धमा स्मार्टफोनको प्रयोगले बाधा पुऱ्याएको तथ्य सावजनिक गरेको थियो। यस्तो प्रकारको बाधाले कालान्तरमा समबन्धमा नै समस्या देखिने र परिवारहरू टुट्ने खतरा रहेको मनोवैज्ञानिकहरू बताउँछन्।

स्मार्ट फोन होस् या सामान्य फोन त्यसको प्रमुख काम भनेको सञ्चार हो। तर यसले श्रीमान श्रीमतीबीचको आपसी सञ्चारमा र सम्बन्धमा मै हस्तक्षेप गर्ने अवस्था आएको परिप्रेक्षमा दम्पत्तिहरूले यौन र स्मार्टफोनमा कसलाई प्राथमिकतामा राख्ने भन्ने बारे सोच्नु जरूरी देखिन्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!