एमाले नेता भेटवालको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, चैत्र १९। नेकपा एमालेका नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताइएको छ । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत भेटवालको स्वास्थ्यमा थप समस्या आएपछि वीर अस्पतालमा आइसियूमा राखिएको छ ।

क्यान्सरबाट पीडित भेटवालका शरिरका धेरै अंगले काम गर्न छोडेको बताइएको छ । ०६६ सालमा क्यान्सर भएको पत्ता लागेको थियो ।

फाल्गुण १३ मेडासिटी अस्पतालमा पुगेर एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवालको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि नेता भेटवाललाई अस्पतालमा पुगरे स्वास्थ्य अवस्थाका बारेमा लिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!