‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ को डेलीलाइफ फोटो पत्रकारिता अवार्ड विधाको लागि नेपाल टेलिकमको सहयोग

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) द्वारा आगामी २०७५ वैशाख १३ गते फोटो पत्रकारिता दिवसको अवसरमा आयोजित ‘ राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४’ दोस्रो चरणको डेलीलाइफ फोटो पत्रकारिता विधातर्फ नेपाल टेलिकमले प्रायोजन गर्ने भएको छ ।

उक्त अवार्डको लागि सोमबार नेपाल टेलिकमका कमरर्सियल डेपुटी म्यानेजर ईश्वरचन्द्र रिमाल र कार्यक्रम संयोजक प्रदीपराज वन्तबीच सम्झौता पत्रका हस्ताक्षर भएको छ ।

नेपाल अधिराज्यभर डेलीलाइफ विधामा फोटो पत्रकारिता गर्नेहरु मध्यबाट एकजना सक्रिय फोटो पत्रकारलाईे यो पुरस्कार प्रदान गरिने छ।

पुरस्कारको राशी २५ हजार नगद, ट्रफी र सम्मानपत्र रहेको छ ।

उक्त अवार्ड काठमाडौंको नेपाल आर्मी क्लबको हलमा विशेष कार्यक्रम गरी वितरण गरने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!