यूनाइटेड स्प्रिट्स नेपाल अब नेपाली युवाहरुको पूर्ण स्वामित्वमा

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाइटेड स्प्रिट्स नेपाल प्रालि नेपाली युवाको पूर्ण स्वामित्वमा आएको छ ।

नेपालका युवा उद्यमी राजेशवीर सिंह तुलाधारले उक्त कम्पनीको पूर्ण स्वामित्वमा लिएका हुन । तुलाधारको स्वामित्वमा आएसँगै उक्त कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भएको जानकारी कम्पनीले दिएको छ ।

नेपालीको स्वामित्वमा कम्पनी आएपछि यसबाट राष्ट्रिय पूँजी र लगानीका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले जनाएको छ ।

मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ ।

युवा उद्यमी तुलाधर स्व. भक्तवीर सिंह तुलाधरका सुपुत्र हुनु । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसँगको व्यवसायिक साझेदारको रुपमा ४० बर्षअघि उक्त व्यवसाय शुरु गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!