त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनौठो शैलीबाट सुन तस्करी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कम्मरमा बाँध्ने पेटीभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने एक भारतीय नागरिक  पक्राउ परेका छन् ।

प्रहरी र भन्सार कार्यालयले दुबईबाट आएका भारतीय नागरिक मोहम्मद हरिफलाई सोमबार बिहान पक्राउ गरेको हो ।

हरिफले धुलो बनाएर पेटीभित्र करिब २ केजी सुन लुकाएका थिए । उनीमाथि अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायण सापकोटाले बताए । पासपोर्ट नम्बर पी १२७९९३५ नम्बर भएका हरिफ भारतको केरलाका स्थायी नागरिक हुन्।

केरला घर भएका भारतीयहरु नेपालको विमानस्थलमा पटक पटक सुनसहित पक्राउ पर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!