एलजी ब्राण्डको नयाँ वर्ष योजना अब बजारमा

एलजी ब्राण्डले नयाँ वर्ष २०७५ को अवसरमा शुभ आगमन २०७५ लाई एलजी को शुभकामना सम्पूर्ण नेपालीलाई भन्ने मुल नाराका साथ आफ्नो योजना बजारमा ल्याएको छ । एलजीका हरेक सामाग्रीहरुको खरिदमा निःशुल्क उपहारहरुका साथै ग्राहकहरुको जीवनमा नयाँ उत्साहजनक प्रत्याभूति दिलाउनु नै यस योजनाको मुख्य उद्देश्य रहेको छ ।

एलजी होम इन्टरटेनमेन्ट अफर अन्तर्गत ४ वर्ष वारेन्टी (नेपालमा पहिलो पटक) र ३० प्रतिशतसम्म छुटसँगै ५५ इन्च वा सोभन्दा माथिको ओएलडी तथा सुपर युएचडी टिभीको खरिदमा एसएचफोर साउण्ड बारका साथै ५५ इन्च र ४९ इन्च युएचडी टिभीको खरिदमा एलएच ६४ होम अडियो प्राप्त गर्न सकिने छ । साथै नर्मल र स्मार्ट टिभीको खरिदमा चार वर्षको वारेण्टी प्राप्त गर्न सकिने छ ।

ग्राहकहरुले एलजी होम एपिलियन्स अफर अन्तर्गत साइड बाइ साइड रेफ्रिजेरेटरको खरिदमा रु. १८,९९० मूल्य पर्ने एलजी भ्याकुम क्लिनर, डबल डोर रेफ्रिजेरेटरको खरिदमा रु. ६३२० केन्टको पिज्जा एण्ड अमलेट मेकर, सिंगल डोर रेफ्रिजेरेटरमा रु. ८५० पर्ने पिजिनको ड्राई आइरन, फ्रन्ट लोड वासिंग मेसिन रेफ्रिजेरेटरमा रु ८५० रु ५६९० पर्ने केन्टको २० लिटरको वाटर प्युरिफियर गोल्ड प्लस, टप लोड वासिंग मेसिनमा रु पर्ने सिजीको राइस कुकर, डिसवासरको खरिदमा रु १५०० मूल्य पर्ने डिटरजेन्ट र लिक्विड, माइक्रोवेभ ओभन खरिदमा रु २००० मूल्य पर्ने एलजी कुकिङ्ग किट र एयर कन्डिस्नरको खरिदमा रु २६५० बराबरको फ्रि इन्स्टिलेसन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सकिने छ । यो योजना चैत १९ गते आइतबारदेखि सीमित अवधिको लागिमात्र लागू हुनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!