एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

– दैनिक ३ घण्टा आईफ्लिक्समा रहेका भिडियो सामाग्री निःशुल्क हेर्न सकिने

– विद्यार्थीका लागि विशेष तथा सुलभ डेटा प्याक

– रु ५० भन्दा माथिको प्रत्येक रिचार्जमा बोनस डेटा र एसएमएस

– माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवा

काठमाडौ । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ ।

यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु.१ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् । यसका साथै परीक्षार्थीले विशेष तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् ।

यो अफर चैत १९ गते सोमबारदेखि लागू हुनेछ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेशपत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन्।

यो योजनाअन्र्तगत सिम खरीद गर्ने परीक्षार्थीले दैनिक ३ घण्टा बेलुका ११ बजेदेखि अर्को दिनको साँझ ५ बजेसम्म आईफ्लिक्समा रहेका सामाग्री निःशुल्क हेर्न सक्नेछन् । आईफ्लिक्स विश्वका विकासशील बजारहरुका लागि अग्रणी मनोरञ्जन सेवा प्रदायक हो । परीक्षार्थीले आईफ्लिक्समा रहेका कुनै पनि कार्यक्रम तथा भिडियो हेर्न सक्नेछन् ।

पहिलो सिम सुचारु गर्नुहुने ग्राहकले रु ५० वा सोभन्दा बढीको रिचार्ज गरेपछि बिना कुनै अतिरिक्त शुल्क माइफाइभ समुहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समुहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । माइफाइभ समुहमा ३० दिनपछि कल गर्दा प्रतिमिनेट करबाहेक रु ०.९९ शुल्क लाग्ने छ ।

ग्राहकले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समुहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समुहमा ५ वटा नम्बर राखि सकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु.५ शुल्क लाग्ने छ ।

साथै एक वर्षसम्म रु ५० वा सोभन्दा बढीको हरेक रिचार्जमा एसईई परीक्षार्थीले १०० एमबि डेटा र १०० एसएमएस बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनसस्वरुप प्राप्त डेटा तथा एसएमएस २४ घण्टाको लगि मान्य रहने छ ।

यतिमात्र होइन एसईई परीक्षार्र्थीका लागि ल्याइएको विशेष डेटा प्याकले यस योजनालाई थप आकर्षित बनाएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले डे डेटा प्याकअन्तर्गत करसहित मात्र रु २० मा ३०० एमबि डेटाको मजा लिन सक्नेछन् । यो अफरअन्तर्गत परिक्षार्थीले कम्तीमा ७ पैसा प्रति एमबिमा डेटा सेवाको फाइदा लिन सक्नेछन् भने करसहित मात्र रु.२० मा नाइट डेटा प्याकअन्तर्गत बेलुका ११ बजेदेखि बिहान ७ बजेसम्म अनलिमिटेड डेटा सेवाको लाभ लिन सक्नेछन् । नाइट डेटा प्याक २४ घण्टाको लागि मान्य रहने छ । परीक्षार्थीले एस्ट्रिक्स १७१०३ ह्यास डायल गरी यो अफरअन्र्तगतको डेटाको लिन सक्नेछन् ।

एसईई २०७४ को परीक्षार्थीहरुका लागि यो विशेष योजना ल्याउन पाउँदा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ । यो अफरले परीक्षार्थीहरुको भ्वाइस, डेटा तथा एसएमएस सेवाको आवश्यकतालाई सम्बोधन गर्दै उनीहरुको मनोरञ्जनको लागि हरेक दिन ३ घण्टा आईफ्लिक्समा रहेका कुनै पनि सामाग्री निःशुल्क हेरेर मजा लिन सक्नेछन् ।

यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!