चौथो नेपाल लय वेयस्टर्न युनाइटेड क्लव फुटबल प्रतियोगिता सुरू

काठमाडौं । प्रदेश नं.३ का पर्यटन, वन तथा उद्योगमन्त्री अरूण नेपालले देशको आर्थिक रूपान्तरण युवापुस्ताको भुमिका अतुलनीय हुने बताएका छन् ।

राजधानीको चन्द्रागिरि नगरपालिका मातातीर्थस्थित चौथो नेपाललय वेयस्टर्न युनाइटेड क्लब फुटबल प्रतियोगिताको उद्घाटनमा बोल्दै मन्त्री नेपालले देशको आर्थिक, सामाजिक सद्भाव खेलकूदको विकासले युवाहरूमा गोलवद्ध हुन मद्दत पुग्ने बताएका हुन ।

उनले राजधानीको चन्द्रागिरि पर्यटनका हिसाबमा सुन्दर भएर पनि सर्वाङ्गिण विकासको हिसावले पछि पर्नु दुर्भाग्यपूर्ण रहेको धारणा राखे ।

कार्यक्रममा चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले चन्द्रागिरिको विकास र खेलकुदमैत्री वातावरण तयार पार्न नगरले विशेष नीति तथा कार्यक्रममा तय गरिसकेको जानकारी दिए । मेयर गिरीले समृद्ध नगरको विकासमा सबै पक्षसँग साथ र सहयोग रहेको चर्चा गरे ।

कार्यक्रममा वेस्टर्न युनाइटेड क्लबका उपाध्यक्ष रामनारायण घिमिरेले राष्ट्रियस्तरमा चन्द्रागिरिका खेलाडीहरूलाई माथि उठाउन सबै पक्षको महत्त्वपूर्ण हात हुने दाबी गरे । नगरस्तरिय फुटबल प्रतियोगितामा ३० वटा कल्वहरू सहभागिता रहने छ ।

आजबाट सुरू भएको ओपन च्यापियनसिप फुटबल प्रतियोगिता यही चैत ३० गते सम्पन्न हुनेछ भने प्रथम टोलीले नगद रू. दुई लाख २२ हजार २ सय र दोश्रो हुने टोलीले एक लाख ११ हजार १ सय ११ र सिल तथा मेडल पाउनुका साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट खोलरक्षक, उत्कृष्ट डिफेन्सलाई त्रमशः जनही रू १५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक कमिटिले वताएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!