सिजीको आकर्षक नयाँ वर्ष २०७५ योजना

काठमाडौं । नयाँ बिहानी तथा नयाँ दिनको सुरुवातसँगै यो नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना सबै ग्राहकहरुमा फेरि एकपटक विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ ।

सिजी नगदमा गदगद नामक यो योजनामा सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने छ ।

योजनाअनुरुप अब सिजीका ४९ इन्चदेखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्त गर्न सकिने छ भने सोभन्दा तल साइजका टिभीहरुमा (२० इन्चण्देखि ४३ इन्च) सम्म २० प्रतिशत नगद छुट पाउने रहेको छ ।

त्यसैगरी डलब डोर फ्रिजमा केन्टको एग बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने छ ।

एसिमा निःशुल्क जडानको सुविधा, ट्रली स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सिजीको इन्डक्सन र टपलोडिङ्ग वासिङ्ग मेसिनमा सिजीको आइरन प्राप्त गर्न सकिने छ ।

यो योजना चैत १८ गते आइतबारदेखि देशभर सीमित अवधिका लागिमात्र लागू गरिएको छ । यस्तो आकर्षक योजना भएकै कारण अब तपाईहरुले सिजीका सामानहरु किनी गदगद हुनुहोस् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!