सोमबार बजारमा कतिले बढ्यो त सुनचाँदीको मूल्य ?

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

आइतबार बजारमा सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार भने बढेर सुनको मूल्य ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, चाँदी मूल्य पाँच रुपैयाँले बढेको छ ।

आइतबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा सोमबार भने चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!