एकता मञ्चको रजौरी गार्डनमा महिला समिति गठन

माओवादी केन्द्र निकट सङ्गठन अखिल भारत नेपाली एकता मञ्च पश्चिम दिल्ली नगर समिति अन्तर्गत रजौरी गार्डन महिला समिति गठन भएको छ ।

जसमा नेतृत्व सुनीता थापा अध्यक्ष, उपाध्यक्ष रामी पंगेनी, उपाध्यक्ष पुनिसरा सारू, सचिव ऋतु दरलामी लगायतको ११ सदस्यीय समिति गठन गरिएको छ ।

अखिल भारत नेपाली एकता मञ्चका क्षेत्रीय समितिका कोषाध्यक्ष सूर्य राना र जिल्ला सदस्य बीरू सारूको विशेष पहल र अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय अध्यक्ष इशरी भण्डारीको प्रमुख अतिथि र एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काको विशेष उपस्थितिमा रजौरी महिला समिति गठन गरियो उक्त कार्य्रकममा प्रमुख बक्ता इशरी भण्डारीले आधा आकाश ढाक्ने नेपाली महिलाहरुलाई राज्यको मूल प्रवाहमा ल्याउन कम्तीमा ५० प्रतिशतको प्रतिनिधित्व सुनिश्चितताको व्यवस्था गर्नुको साथै न्यायिक क्षेत्रमा पनि महिलाको सहभागिताको सुनिश्चितताको व्यवस्था संविधानमा उल्लेख गरेको भए सहभागिताको मर्म र अर्थ वास्तविक अर्थमा पूर्ति भई विकास र समुन्नत राष्ट्र निर्माणमा महिला पुरुष काँधमा काध मिलाई अघि बढ्ने सुन्दर वातावरण निर्माण हुने थियो ।

विशेष अथितिहरुले मन्तब्यको क्रममा आधा आकाश ढाक्ने हामी नेपाली महिलाहरुलाई नागरिकतामा समान वंशीय अधिकार राज्यले प्रदान नगरेको हुँदा आफ्नै मुलुकमा नेपाली महिला दोश्रो दर्जाको नागरिकको रुपमा बाच्नु पर्ने बाध्यतात्मक परिस्थितिको छिटो भन्दा छिटो राज्यले हल गर्नु पर्छ । महिला समितिको कार्य्रकम अध्यक्षता सुनीता थापा र कार्य्रकम संचालन पुनिसरा सारूले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!