श्रंखलाबद्ध रुपमा पत्रकारको मृत्यु हुँदा पनि मौन भारत

५ बर्षमा २५ जना पत्रकारको हत्या

छिमेकी देश भारतमा पत्रकार असुरक्षित रहको तथ्य एक पछि अर्को सार्वजनिक भैरहेको छ । पछिल्लो समय तीन जना पत्रकारहको संदिग्धको झैँ गरि योजनाबद्ध ढङ्गले हत्या गरिएको छ ।

ती तीन जना मध्ये दुई जना बिहारका हुन् भने अर्का मध्य प्रदेशका छन् । यी पत्रकारहरुको मृत्यु सडक दुर्घटनामा भएको हो । तर एकै प्रकृतिको दुर्घटनामा मृत्यु भएको छ ।

पछिल्लो ५ बर्षको तथ्याङ्क हेर्दा पनि यस्तै प्रकृतिको दुर्घटनामा २५ जना पत्रकारको मृत्यु भइसकेको छ । संदिग्धको झैँ गरि योजनाबद्ध पत्रकारकाे हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गर्ने गरेका छन् । तर सरकार यसमा मौन देखिन्छ ।

पत्रकारका लागि असुरक्षित मानिने एसियाली देश भारतमा हुने गरेका पत्रकार विरुद्धको हिंसा र हत्याका विरुद्धका आवाज पनि मलिन देखिन्छ ।

मध्यप्रदेशमा मारिएका पत्रकार संदीप शर्माको कहानी र स्लोवाकियाका एक पत्रकारसंग मिल्दोजुल्दो छ ।

संदीपले पुलिस र माफियाको गठजोड़ को उजागर गर्ने कोसीस गरेका थिए । उनले पुलिस र माफियाको साँठगाँठबाट भैरहेको गलत कार्यबारे समाचार लेखेपछि आफ्नो ज्यान खतरामा रहेको बताएका थिए । त्यसको एक हप्ताको उनको हत्या भयो ।

यस्तै प्रकृतिको पत्रकारको हत्या स्लोभाकियामा पनि भएको थियो । जेनकुसिका नामका एक जना रिपोर्टरले नेताले भ्रष्टाचार को उजागर गरि दिएका थिए ।

सोचनीय बिषय त यो हो की समाचार लेखेके भरमा पत्रकारको हत्या भएपछि स्लोभाकियामा हजारौँ नागरिकले सरकार विरुद्ध प्रदर्शन गरे । नागरिकको प्रदर्शनपछि सरकारले माफी माग्यो ।

तर भारतमा यस्तो पत्रकारको हत्या विरोधका आवाज शसक्त छैनन् । पत्रकारको मृत्युबारे केहि मीडिया संगठले पक्कै पनि आवाज उठाएका छन् । तर दुर्भाग्यपूर्ण नै भन्नुपर्छ नागरिक पत्रकार हत्याबारे चुप नै बस्ने गरेका छन् । जस्तो स्लोभाकियाका जनताले भने पूरे देशमा आवाज बुलंद गरिदिएका थिए ।

स्लोभाकियाका जनताले गरे जस्ताे हुन सके वा भारतमा पनि पत्रकार हत्याका विरुद्ध नागरिकको सर्मथन भए भारत सरकारले केहि कदम चाल्न सक्थ्यो र पत्रकारहरुले पनि आफु सुरक्षित भएको महसुस गर्न पाउँथे । पत्रकाको मनोबल बढ्यो भने मात्र पुरै ताकतका साथ जनहित र भ्रष्टाचार विरुद्धका मुद्धा उठाउन सक्थे ।

तर अर्को सबैभन्दा ठूलो दुर्भाग्य यो हो कुनै देशमा पत्रकारको मृत्युले पुरै सरकार ढल्छ जबकि प्रजातान्त्रिक मुलुक भारतमा श्रंखलाबद्ध रुपमा पत्रकारको हत्या हुँदा पनि सरकार थाहै नपाए जस्तो गर्छ र त्यो छुट पाईरहेको देखिन्छ ।

क्षेत्रफलकमा हिसावले भारत ठूलो देश हो र प्रजातन्त्रको धेरै वकालत गरेको भन्छ । तर नागरिकलाई सुसुचित गराउने पत्रकारको सुरक्षामा पटक्कै ध्यान दिइरहेको छैन् । यो रोग नेपालमा पनि सल्कन सक्नेतर्फ बेलैमा सचेत हुनुपर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!