चीनले नियन्त्रण गुमाएको स्पेस स्टेशनको अंश खस्यो

चीनको बन्द रहेको स्पेस स्टेशनको एक टुक्रा पृथ्वीमा खसेको छ । चीनले सन् २०११ मा अन्तरिक्षमा पठाइएको स्पेस स्टेशनको टुक्रा अहिले आएर प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा सोमबार खसेको चिनियाँ तथा अमेरिकी अधिकारीले बताएका छन् ।

यो स्पेस स्टेशनले सन् २०१६ मा आफ्नो मिशन पूरा गरेको थियो । नियन्त्रण भन्दा बाहिर रहेको स्पेस स्टेशन कहाँ खस्छ वा कहिले खस्छ भन्ने वैज्ञानिकले नै यकिन गर्न सकेका थिएननन् । तर उनीहरुले मार्च ३० देखि अप्रिल २ सम्ममा खस्ने बताएका थिए ।

अधिकांश स्पेस स्टेशन अंतरिक्षमा नै जलेर नष्ट हुन्छन् तर कुनै टुक्राहरु नष्ट नहुन सक्छन् र ती पृथ्वीमा खस्न सक्ने गर्छन् । ‘द तियाङगोग–१’ नाम गरेको स्पेस स्टेशनको अंश पनि नष्ट भएको थिएन ।

चीनको महत्वकांक्षी अन्तरिक्ष कार्यक्रमको एक हिस्सा थियो यो । यसलाई चिनको २०२२ मा अन्तरिक्षमा मानव स्टेशन स्थापित गर्ने लक्ष्यको पहिलो चरण मानिन्छ ।

यो स्पेस स्टेशनको अंश नेपाली समय अनुसार सोमबार बिहान ६ बजे पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको चिनियाँ अधिकारीले बताएका छन् ।
चीनले २०१६ मा ‘द तियाङयोग–१’ सँग सम्पर्क टुटेको र उनीहरुले यसलाइ नियन्त्रण गर्न नसकेको बताएका थिए ।

यसले गर्दा कतै मानव बस्तीमा त खस्ने होइन भन्ने चिन्ता उब्जेको थियो । तर सोमबार बिहान यो स्पेस स्टेशनको अंश सागरमा खसेको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!