पाकिस्तानको प्रधानमन्त्री बन्न मलालाको सपना

इस्लामाबाद, नोबेल पुरस्कार विजेता पाकिस्ताकी मलाला युसूफजई ले कुनै दिन पाकिस्तानी प्रधानमन्त्री बन्न चाहेको बताएकी छिन् ।

तालिबानको हमलाबाट सिकिस्त भएको पाँच वर्षपछि पाकिस्तान आएको बेला मलालले आफू कुनै दिन पाकिस्तानको नेतृत्व गर्न चाहेको बताएकी हुन ।

पढाई पुरा गरेपछि स्थायीरुपमा नै पाकिस्तान आएर बस्ने उनले मिडियालाई बताईन । “यो मेरा देश हो र अरु पाकिस्तानी झैं मलाई पनि समान अधिकार छ ।” उनल भनिन ।

अक्सफोर्डकी विद्यार्थी मलालाले विगत भन्दा अवस्थामा सुधार भएप्नि पाकिस्तानमा थप परिवर्तनका लागि जनता एकजुट हुनुपर्ने बताइन । आफूलाई पाकिस्तानको प्रधानमन्त्री बन्ने इच्छा भएको बताउँदै मलालाले सामाजिक रुपान्तरणका पक्षमा सबै जुटन अपील गरिन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!