कम्पनी नाम र लगानीकर्ता फेर्दै खानी चलाउँदै

ललितपुर, चैत १९ । ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं. ८ डुकुछापमा वडाअध्यक्षले सञ्चालनगरेको बालुवाखानी सार्वजनिक जग्गा मिचेर सञ्चालन गरिएको थप तथ्य खुलेको छ ।

८ नं. वडाका निर्वाचित वडा अध्यक्ष सुकबहादुर लामाले सञ्चालन गरेको साइनिङ वालुवा खानी सर्वजनिक जग्गामा सञ्चालन गरिएको पाइएको हो । दैनिकी न्यूजले प्राप्त गरेको विशेष तथ्य अनुसार साइनिङ वालुवा खानीले झण्डै २५ रोपनी भन्दा बढी सार्वजनिक मिचेको पाईएको हो । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले पनि वडाअध्यक्ष लामाले सञ्चालन गरेको बालुवाखानी स्वीकृत नलिएको र सार्वजनिक जग्गा अतिक्रमण गरी सञ्चालन गरेको जानकारीमा आएको बताए । तर वडाअध्यक्ष लामाले भने आफ्नो खानी दर्ता प्रकृयामा रहेको बताए ।

कम्पनी नाम र लगानीकर्ता फेर्दै खानी चलाउँदै

वडाअध्यक्ष लामाले विगत १० वर्षदेखि विभिन्न नामबाट बालुवाखानी चलाउँदै आएको त्यहाँका स्थानीयले जानकारी दिए । हाल उक्त बालुवाखानी रहेको ठाउँमा तत्कालीन माओवादीले जग्गा कब्जा गरेर झण्डा गाडेको थियो, त्यही ठाउँलाई नेताहरुलाई प्रभावमा पारेर लामाले आफ्नो नाममा सुकबहादुर वालुवा उद्योग बनाइ चलाएका थिए ।

एकलौटी रुपमा एक्लै चलाएका लामाले पछि फेरि केही लगानीकर्ता थपेर बालुवाखानीको नाम परिवर्तन गरी परमेश्वर बालुवाखानी बनाएका थिए । त्यतिबेला उनले आफ्नो नाममा ३४ प्रतिशत शेयर राखेर वाँकी ६६ प्रतिशत बेचेका थिए । त्यो तीनजनाको नाममा थियो । त्यसपछि फेरि अहिले केही थप लगानीकर्ता थपेर कम्पनी नाम परिवर्तन गरी साइनिङ बालुवा उद्योग बनाएको नयाँ तथ्य भेटिएको हो ।

हाल उनको खानीमा पूर्व सभासद योगेन्द्र घिसिङदेखि गृहमन्त्री रामबहादुर थापाका सहोदर भाईको समेत लगानी रहेको गोदावरी नगरपालिकाका मेयर महर्जनले बताए ।

बालुवाखानीमा वडाअध्यक्ष नदेखिए पनि उनले खानी सञ्चालन गर्न संजय अधिकारी, दिनेश लामा, पेमा लामा लगायत परिचालन गरेका छन् । तिनै व्यक्तिहरुले खानीको स्थलगत अवलोकन गर्न आएका व्यक्तिहरुलाई भौतिक आक्रमण गर्ने काम गर्ने गरेका छन् । वडाअध्यक्षकै खानी अवलोकन गर्न मेयरसहितको टोली गएको र केही दिन स्थगित गरेको भए पनि अहिले निर्वाध रुपले चलिरहेको छ । वडाअध्यक्ष सुकबहादुर लामा स्वतन्त्रबाट जितेका जनप्रतिनिधि हुन् ।

बाग्मतीको धार नै परिवर्तन
स्थलगत अवलोकनमा गएको टोलीले वडाअध्यक्ष लामाले बाग्मतीको धार नै परिवर्तन गरेर प्राकृतिक स्रोत र साधनको दाहन गरेका छन् । बालुवाखानीले ओगटेको क्षेत्रमा बाग्मतीको धार परिवर्तन गर्न ग्याबिन वाल लगाइएको छ, खोलाको बालुवा सबै निकालिएको छ, जसले गर्दा वर्षाको समयमा त्यसले वरिपरिको बस्ती नै पहिरोको जोखिममा पुर्याएको छ । -रामहरि कार्की- dainikeenewsबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!