मन्त्री बिना मगरलाई बेलौरीमा २१ बुँदे मागसहित २१ किलोको माला, हेर्नुस् तस्वीरमा

बेलौरी । गृहजिल्ला भ्रमणमा रहनुभएकी खानेपानी मन्त्री बिना मगरलाई बेलौरी नगरपालिकाले २१ किलोग्रामको माला लगाएको छ । नगरपालिकाको तर्फबाट २१ माग राख्दै २१ किलोको माला लगाइएको हो ।

नगरपालिकाको तर्फबाट नगर प्रमुख पोतिलाल चौधरीले मन्त्री मगरलाई २१ किलोको माला लगाउनुभएको छ । स्थानीय मतदाताकै समर्थनले सिहदरवारसम्म पुगेको बताउदै मन्त्री मगरले नगरपालिकाले राखेका माग पूरा गर्न पहल गर्ने बताउनुभयो । २१ किलोको मालाले मलाई थप जिम्मेवारीबोध गराएको छ,’ मन्त्री मगरले भन्नुभयो ।

नगरपालिकाले बुझाएको मागपत्रमा छोटी भन्सार बैशाखालाई आधुनिक सुविधासम्पन्न भन्सारको रुपमा विकास गर्नुपर्ने माग समेटिएको छ ।

नगरपालिकाभित्र रहेका तालतलैयालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरि रोजगारी सिर्जना गर्नुपर्ने, सबै वस्तीमा शुद्ध खानेपानीको व्यवस्था गर्नुपर्ने, आरक्ष विस्थापितको समस्या समाधान गर्नुपर्ने, स्वरोजगार र जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायतका माग गरिएका छन् ।

द्वन्द्वका क्रममा दुबै पक्षबाट भएका सहिद तथा बेपत्ताका परिवारजनलाई सम्मान गर्ने कार्यक्रममा नगरपालिकाले मागपत्र पेश गरेको हो । कार्यक्रममा नगरपालिकाले सहिद तथा बेपत्ताका परिवारजनलाई साइकल वितरण गरेको छ ।

 

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!