कलाकारलाई खुशीको खबर, सार्वजनिक यातायातले पनि गीतसंगीतको रोयल्टी तिर्नुपर्ने

काठमाडौं, चैत १८ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीमा गीतसंगीत बजाएवापत रोयल्टी नतिर्ने सवारी साधनलाई नवीकरण र रुट इजाजत प्रमाणपत्र नै नदिने बताइएको छ ।

विभागले आइतबार जारी गरेको व्यवस्थापन कार्यविधि निर्देशिकाले सार्वजनिक यातायातमा गीतसंगीत बजाएवापतको रोयल्टी नतिरेसम्म रुट इजाजत नदिने प्रावधान राखेको छ ।

निर्देशिकाका बाटो इजाजतसम्बन्धी व्यवस्थाको २९ नम्बर बुँदामा बाटो इजाजत पाउन र नवीकरण गर्न संगीत रोयल्टी चुक्ता गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

अब संगीत रोयल्टी नतिरेसम्म संगीत रोयल्टी संकलन समाजले प्रमाणपत्र नै दिनेछैन र प्रमाणपत्र नलिएसम्म गाडीको वाटोको इजाजतपत्र नै नवीकरण हुनेछैन ।

याे पनि पढ्नुस  यातायात व्यवस्था विभागको महानिर्देशकमा हमाल नियुक्त

सार्वजनिक गाडीको संगीत रोयल्टीको प्रमाण चुक्ता नगरेसम्म रुट इजाजतको प्रमाणपत्र नै नदिने व्यवस्था हामीले कार्यविधिमा गरेका छौं’,यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भन्नुभयो, ‘यो कुरा पहिले नै अरु कानुनमा उल्लेख भए पनि अब रोयल्टी चुक्ताको प्रमाण पेश नगरेसम्म गाडीको नवीकरण नै नहुने गरी कानुन कार्यान्वयन हुन्छ ।’

प्रतिलिपि अधिकार २०५९ ले नै जुन सार्वजनिक ठाउँ या गाडीमा गीत बजाइन्छ त्यसले गीत संगीत बजाएवापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर कार्यान्वयन भएको थिएन ।

यो नियम सार्वजनिक गाडीमा मात्रै लागु हुनेछ । निजी गाडीले गीतसंगीत बजाएवापत रोयल्टी तिर्नुपर्ने छैन् । रोयल्टी संकलन समाजको महासचिव महेश खड्काका अनुसार गाडी अनुसार फरक फरक दरमा गीत संगीत रोयल्टी शुल्क तिर्नुपर्नेछ ।

याे पनि पढ्नुस  लामो दूरीकाे गाडीमा २ चालक नराखे कार्वाही

कुन सवारी साधनले कति तिर्नुपर्छ ?
ठूला बस – वार्षिक २ हजार रुपैयाँ
मिनी बस – वार्षिक १४ सय रुपैयाँ
ट्याक्सी, माइक्रो, जीप, हायस – वार्षिक १ हजार रुपैयाँ
ट्रक तथा ट्यांकर – वार्षिक १२ सय
मिनी ट्रक – वार्षिक १ हजार
पिकअप गाडी – वार्षिक ९ सय
तिनपांग्रे टेम्पो – वार्षिक ८ सय

राेयल्टी कलाकारको हातमा पुग्छ त ?

यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयमा रोयल्टी समाजका प्रतिनिधि बसेर पैसा उठाउने छन् । सार्वजनिक गाडीले जहाँबाट गीत डाउनलोड गरेर बजाए पनि या गीत नै नबजाइ रेडियो बजाए पनि रोयल्टी तिर्नैपर्ने समाजले जनाएको छ ।

याे पनि पढ्नुस  लामो दूरीकाे गाडीमा २ चालक नराखे कार्वाही

देशभरी रहेका दुई लाख सार्वजनिक गाडीबाट वार्षिक २० करोड रुपैयाँ उठ्ने र त्यो पैसा कलाकारलाई बाँडिने रोयल्टी संकलन समाजको महासचिव महेश खड्काले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!