काश्मीरमा भिड्न्त, १० जनाको मृत्यु

काश्मीर, चैत्र १८ । भारतीय सेनाले आइतबार काश्मीरमा गरको कारबाही १० जनाको मृत्यु भएको बताइएको छ । कारबाहीमा ठूलो सफलता मिलेको भारतीय सेनाले दावी गरेको छ । तर त्यसमा आफ्ना दुई सैनिक ‘शाहदत’ भएको यसले जनाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार मृत्यु हुने आतंककारीमा सेनाका दुई जना लेफ्टिनेन्ट मध्ये उमर फयाजको हत्यामा संलग्न रहेकाहरु भएको दाबी छ ।

गुप्तचर सूचनाका आधारमा आतंककारीहरु रहेका तीन स्थानमा सेनाले ठूलो कारबाही गरेको थियो । दुई पक्षबीच भएको लामो भिड्न्तमा ८ जना आतंककारी र दुई जना भारतीय सैनिक शाहदत भएको भारतीय सेनाले जनाएको छ । साथै केही सिपाही घाइते पनि भएका बताइएको छ ।

उनीहरुका अनुसार सबै आतंककारी स्थानीय थिए । र उनीहरुको मृत्युको खबर सुनेर शोपियां ढुंगा मुढा शुरु भएकोमा बताइएको छ । जसमा ३१ जना घाइते भएको छन् । प्रदर्शनकारीलाई हटाउन सुरक्षा बलले पाइलट गनको सहायत लिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!