डीपीएलमा पारस खड्काको महेन्द्रनगर युनाइटेड पराजित

काठमाडौं, चैत्र १८ । धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई पराजित गरेको छ । आइतबार भएको खेलमा महेन्द्रनगरले विराटनगरलाई ३३ रनले पराजित गरेको हो ।

महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको पारस खड्काको कप्तानीमा रहेको विराटनगर १९ ओभरमा १३५ रनमा अलआउट भयो। विराटनगरका लागि पृथु बाँस्कोटाले ३५ रन जोडे भने बाबर हायतले ३२ रनको योगदान गरे। दिलीप नाथ १० र अनिलकुमार साह २३ रनमा आउट भए। कप्तान पारस १६ रनमा आउट हुँदा अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।

बलिङतर्फ महेन्द्रनगरका अभिनास कर्णले ३ विकेट लिए। पुनित महेरा, भुनव कार्की र रोविन क्षेत्रीले २/२ विकेट हात पारे।

टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेटको क्षतिमा १६८ रन बनायो । कप्तान विनोद भण्डारीले ३५, पुनित विष्टले २४, हरिशंकर साहले १९ र आरिफ शेखले २० रनको योगदान दिए। पुनित मेहराले नटआउट ३८ रन जोडे।

त्यसैगरी बलिङतर्फ मञ्जित श्रेष्ठले दुई विकेट लिए भने पारस खड्का र शुभम् कामतले १/१ विकेट लिए।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!