शहीद पत्नि गुरुङको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पतालमा प्रचण्ड

काठमाडौं, चैत्र १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीद डम्बर गुरूङकी पत्नि पार्वती गुरूङलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

मृगौला र श्वप्रश्वासमा समस्या आएपछि एक सातादेखि उपचाररत गुरुङको स्वास्थ्य अवस्था बुझ्न आइत अपरान्ह अध्यक्ष प्रचण्ड थापाथलीमा रहेको नर्भिक अस्पतालमा पुगेका हुन ।

चितवनको शारदानगरका शहीद परिवार गुरूङको स्वास्थ्यउपचारमा कुनै कमि हुन नदिन पनि अध्यक्ष प्रचण्डले अस्पतालसँग भनेको बताइएको छ ।

शहीद गुरूङ ‘जनयुद्धका’ क्रममा २०५९ कार्तिक २५ गते चितवनको चण्डीभञ्ज्याङमा शाहदत भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!