‘विकसित, समृद्ध र सुन्दर गाउँ’ : वडाध्यक्ष लामाको सपना

२०७२ बैशाख १२ को विनाशकारी भुकम्पले मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का मात्रै ९९८ परिवार प्रभावित भएका थिए । त्यसमध्ये ९२४ परिवारको आवास पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो भने ४७ घरमा आंशिक क्षति पुगेको थियो । भुकम्प गएको यत्ति लामो समय भैसक्दा समेत पुनर्निमार्णले अझै पूर्णता पाउन सकेको छैन। पछिल्लो तथ्याङ्क अनुसार ९५ प्रतिशत भुकम्प पिडितले सरकारी अनुदान बापत्तको दोस्रो किस्ताका लागि सम्झौता गरिसकेका छन् ।

स्थानीय जनप्रतिनिधि निर्वाचित भएर आएको पनि १ बर्ष हुन लाग्यो । गाउँ गाउँमा सिंहदरबारको नारा दिएर भोट मागेका यस वडाका वडा अध्यक्ष सोनाम लामाको नेतृत्वमा अहिलेसम्म के भए र के के हुँदैछन् भन्ने बिषयमा रघुनाथ बजगाँईले गरेको कुराकानी :

तपाँईको कार्ययोजनाबाटै सुरु गरौँ न, के के छन ५ बर्षे योजनाहरु

त्यस्तो ठूलो महत्वकांक्षी योजना बनाएको छैन, तर जनताको आकांक्षा बमोजिम यहाँको आवश्यक्ता र संभावनालाई उजागर गर्दै नमुना वडा कसरी बनाउन सकिन्छ भन्नेतिर अलि बढी मेहनत गर्न खोज्दैछु । यही त हो शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बिद्युतका कुराहरु छन् । नयाँ व्यवस्था अनुसार पहिलो वडा अध्यक्षको जिम्मेवारी पाएँ । संस्थापक भएपछि सही सिस्टम बसाउनु मुख्य चुनौती हुँदो र छ । यसमै  प्रयत्नरत छु ।

सूचना माग्नेलाई नदिने भन्ने हुँदै होईन । यहाँका हरेक योजना बनाउदा जनताको प्रत्यक्ष सहभागितामा बनाइएका छन् । भएका प्रगतिको समीक्षा पनि जनतासँगै बसेर गरिन्छ । अनि कसरी सूचना लुक्छ त ,

यति समयमा यति काम गर्ने भन्ने समयबद्ध योजना छैनन् ?

छ…, हामीले सुरुमै कति समयमा के कस्ता कार्य गर्न सकिन्छ भनेर योजना बनाएका छौँ । नमुना वडा बनाउनका लागि चाहिने आर्थिक सुचकहरु तयार गरिएका छन् । १५/२० वटा सुचक तयार गरेर त्यहि अनुसार यहाँको समृद्धिको जनआकांक्षा पुरा गर्ने हाम्रो सिंगो टिमको प्रयत्न छ । नगरपालिकाले पनि यसमा हामीलाई सघाईरहेको छ ।

तपाँईको नमुना वडा बनाउने संकल्प अन्तर्गत कस्ता कस्ता योजना बनेका छन् ?

देउखेलमा सहरी स्वस्थ्य केन्द्र सञ्चालन हुँदैछ । यो जिल्लाकै नमुना स्वास्थ्य केन्द्र हो । हामीले निरन्तरको प्रयासबाट नै यो गर्न सफल भएका हाैँ । यो जिल्लाकै नमुना योजनाहरु मध्येको एक हो । स्वास्थ्य केन्द्रका लागि दुई जना जनशक्ति माग गरिसकेका छौँ । बैशाख देखि नियुक्त गरेर सेवा सुचारु गरिन्छ ।

ठूलो आकांक्षा राखेर मात्र हुँदैन । हामीले कम्तिमा यही ५ बर्ष भित्र वडास्तरीय सडक ग्राबेल गर्ने योजना बनाएका छौँ । त्यही अनुसार काम हुँदैछ । जिल्ला प्रावधिक कार्यलय जिल्ला समन्वय समितिबाट गैरीगाउँ – गोगने र देउराली -चिसापानी हुँदै चल्तीसम्काे सडकका लागि ७ करोडको योजना परेको छ । यसको सम्झौता मात्र हुन बाँकी छ । सम्झौता भएपछि दुबै तर्फको काम तत्काल सुरु हुन्छ ।

साथै अन्य बिभिन्न ४-५ वटा आयोजनाकाे डिपिआर तयार गरिएको छ ।

पुनर्निमाणको गति सुस्त थियो । हामी निर्वाचित भएर आईसकेपछि यसले तीव्रता पाएको छ । सारै थोरै संख्यामा मात्र पहिलो किस्ता लिने लाभग्राही थिए । अहिले दोस्रो किस्ता लिनेहरु नै ९५ प्रतिशत भन्दा बढी छन् । यो हाम्रो उल्लेखनीय काम हो जस्तो लाग्छ ।

हामीले ७ नम्बर वडामै पिकनिक पार्क बनाउँदैछौँ । त्यसको डिपिआर तयार भैसकेको छ । यहि ५ बर्षे कार्यकालभित्र डाँडाबासमा पिकनिक पार्क बन्नेछ । यसले यहाँ आन्तरिक पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हाम्रो वडामा पर्ने गुफाको पनि डिपिआर तयार पारिएको छ । खानेपानीको डिपिआर तयार पारिएको छ ।

खानेपानी आयोजना अन्तर्गत चिसापानी, चौवास गौरीगाउँ, देउखेल र चल्तीमा छुट्टाछुट्टै आयोजनाकारुपमा खानेपानीको उपलब्धताका लागि कार्ययोजना बनाइएको छ । चिसापानी र देउखेलका लागि मझुवा र वेत्रावतीको पानी ल्याउने योजना बनाएका छौँ । चल्तीका लागि बसेरीको मुहान हेरिएको छ । अन्यको पनि विभिन्न स्थान हेरिएको छ ।

यी त भए तपार्इँका योजना, निर्वाचित भएपछि तपार्इँ र तपार्इँको टिमको नेतृत्वमा भएका कार्यहरु पनि सुनौ न..

पुनर्निमाणको गति सुस्त थियो । हामी निर्वाचित भएर आईसकेपछि यसले तीव्रता पाएको छ । सारै थोरै संख्यामा मात्र पहिलो किस्ता लिने लाभग्राही थिए । अहिले दोस्रो किस्ता लिनेहरु नै ९५ प्रतिशत भन्दा बढी छन् । यो हाम्रो उल्लेखनीय काम हो जस्तो लाग्छ ।

मैले अघि पनि भने, देउखेलमा शहरी स्वास्थ्य केन्द्र निमार्ण गर्ने कार्य पनि उल्लेखनीय नै छ । सेवा सुचारु भैनसकेको भएपनि अन्तिम चरणमा पुगेको छ ।

गैरीगाउँ – गोगने र देउराली -चिसापानी हुँदै चल्तीसम्काे सडकका लागि ७ करोडको योजना परेको छ । यसको सम्झौता मात्र हुन बाँकी छ । सम्झौता भएपछि दुबै तर्फको काम तत्काल सुरु हुन्छ ।

यहाँ निमाणाधीन विभिन्न सडक आयोजनाहरुको नियमित अनुगमनका कार्यहरु भैरहेका छन् । विद्युत विस्तार अन्तर्गत पोलहरु गाड्ने काम भएका छन् । अब छिट्टै सबैतिर बत्ती पनि बल्छ ।

कृषि, पर्यटन, शिक्षाका विषय कहाँ छन् ?

यी सबै विषयलार्इ व्यवस्थित ढङ्गले अगाडी बढाइनेछ । यहाँ उत्पादित तरकारी, अन्न लगायतका वस्तुहरुको निर्यातलाई व्यवस्थित बनाउने योजनाहरु पनि बनेका छन् । शिक्षाको गुणस्तर बृद्धिका लागि के गर्न सकिन्छ भनेर सबै सरोकारवालाहरुसंग छलफल गरिरहेका छौँ । आन्तरिक पर्यटन भित्र्याउने संभावनाको खोजी भैरहेको छ । यसतर्फ पनि हामी गम्भीर भएर लागेकै छौँ ।

भनेपछि जनगुनासो आएकै छैन ..

यस्तो छ…., जनगुनासो नै नआउने भन्ने हुँदैन । जति उपलब्धी हासिल गरिएपनि सन्तुष्ट नहुने मानवीय स्वभाव नै हो । जनगुनासाेलाई मैले सुझावका रुपमा लिने गरेको छु ।

उहाँहरुले यो भएन उ भएन भन्नुहुन्छ, म त्यसलाई यसो गर उसो गर भनेको झैँ लिन्छु ।

१५/२० वटा सुचक तयार गरेर त्यहि अनुसार यहाँको समृद्धिको जनआकांक्षा पुरा गर्ने हाम्रो सिंगो टिमको प्रयत्न छ ।

यसर्थ गुनासो संगै यहाँको समग्र विकासमा जनताको ठूलो साथ र सहयोग हामीलाई छ । हामी जनआकांक्षा अनुसार नै नमूना वडा बनाउने निरन्तरको प्रयासमा भएकाले जनगुनासोले सहयोग नै गरिरहेकाे छ ।

भएका प्रगति र योजनाबारे जनतालाई जानकारी नै दिनुहुन्न भन्ने आएको छ नि ?

त्यस्तो होईन, सूचना माग्नेलाई नदिने भन्ने हुँदै होईन । यहाँका हरेक योजना बनाउदा जनताको प्रत्यक्ष सहभागितामा बनाइएका छन् ।

भएका प्रगतिको समीक्षा पनि जनतासँगै बसेर गरिन्छ । अनि कसरी सूचना लुक्छ त , यहाँहरु जस्तै सञ्चारमाध्यमहरुबाट नियमित गतिविधिहरुबारे जानकारी दिइरहेका हुन्छौँ । समाजिक सञ्जालबाट समेत सूचना आदानप्रदान गर्ने कार्य भैरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!