रेकर्ड ब्रेक गर्न २२ औं पटक सगरमाथा चढ्दै कामिरिता शेर्पा

काठमाडौं, संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथा चढने सपना धेरैको हुन्छ ।

एकपल्ट आरोहण गर्नु पनि निकै ठूलो चुनौतीपूर्ण रहँदै आएको छ ।

तर सगरमाथा आरोहणलाई गाउँका उकाली ओराली हिँडेजस्तो नेपालका कामिरिता शेर्पा भने २२ औं पटक सगरमाा चढ्दैछन् ।

रेकर्ड ब्रेक गर्न ।

अचम्म त के छ भने उनी २१ पटक आरोहण गरेको आफ्नै रेकर्ड ब्रेक गर्न आरोहण गर्न गइरहेका हुन ।

कामिरिताले आज आइतबारदेखि आफ्नो आरोहण शुरु गरेका छन् ।

यसअघि २१ औं पटक आरोहण गरेको रेकर्ड उनकै नाममा छ । तर त्यतिखेर उनी एक्लो थिएनन बरु अन्य दुई पर्वतारोही पनि उनीसँगै थिए ।

यसपटकको सफलतासँगै उनी संसारकै सबैभन्दा अनुभवी सगरमाथा आरोही बन्ने छन् ।

सिँगो देश र विश्वलाई नै शेर्पा समुदायप्रति गर्व होस् भन्ने चाहना रहेको उनले बताएका छन् ।

त्यसो त कामिरिता शेर्पा एउटा अमेरिकी कम्पनीका लागि गाइडको काम गर्दछन् । यो कम्पनीले पर्वतारोहणका यात्राहरु (ट्रिप) को काम गर्दछ ।

वर्ष १९९४ मा उनी पहिलोपटक सगरमाथा चढेका थिए भने यसअघि २०१७ को मे महिनामा उनले आरोहण गरेका थिए ।

उनले यो नयाँ यात्रामा २९ पर्वतारोहीहरुको नेतृत्व गर्ने छन् । यसमा अमेरिका र जापानका पर्वतारोही रहेका छन ।

आइतबार बेस क्याम्पका लागि हिँडेको टोलीले दुई हप्तापछि आरोहण शुरु गर्ने बिबिसीले जनाएको छ ।

कुनै व्यवधान आएन भने मे महिनाको अन्तिमसम्म चुचुरोमा पुग्ने उनले बताएका छन् ।

उनको इच्छा भने २५ पटक सगरमाथा चढने छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!