पेट्रोलियम पदार्थमा फेरी १० प्रतिशत भन्दा बढी बृद्धि हुन सक्ने

काठमाडौं, यतिखेर पेट्रोल र डीजलको मूल्य उच्चतम अवस्थामा भएपनि यसमा फेरी बृद्धि हुने देखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बृद्धि भइरहेको अवस्थामा नेपालमा पनि मूल्य बृद्धि हुने सम्भावना रहेको हो ।

अन्तर्राष्ट्रिय बजारमा गत जून २०१७ देखि कच्चा तेलको मूल्यमा ५० प्रतिशत भन्दा बढीले बृद्धि भएको छ । हालै भएका कतिपय सर्वेक्षणहरुले कच्चा तेलको मूल्यमा फेरी बृद्धि हुने बताएका छन् । यसो भएको खण्डमा नेपालमा मूल्य बृद्धि हुने सम्भावनालाई नकार्न सकिन्न ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!