कांग्रेस नेता खुमबहादुर खड्काको अन्त्यष्टि आज

काठमाडौं । दिवंगत नेता खुमबहादुर खड्काको आज अन्त्यष्टि हुने भएको छ । उपचारका क्रममा नयाँ दिल्लीमा निधन भएका खड्काको शव शनिबार राति काठमाडौं ल्याइएको छ ।

उनको शवलाई अहिले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय सानेपामा राखिने भएको छ । खड्काको निधनपछि कांग्रेसको आज बोलाइएको केन्द्रीय समितिको बैठक पनि स्थगित गरिएको छ ।

कांग्रेसले अर्को सूचना नभएसम्मका लागि भन्दै केन्द्रीय समितिको बैठक स्थगित गरेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!