१२ बजेको अपडेटः एक घण्टामा नेप्से परिसूचक ८.२० प्रतिशत घट्यो

काठमाडौं । साताको दोस्रो दिन सोमवारको पहिलो एकघण्टाको अवधिमा नेप्से परिसूचक ८ दशमलव २० प्रतिशत घटेको छ ।

शुरुको व्यापारमा केही सुधार आउने संकेत देखिएपनि एकघण्टाको व्यापारमा नेप्से परिसूचक ८ दशमलव ३८ अंक घटेर १ हजार २ सय ७५ दशमलव ७१ विन्दुमा पुगेको छ ।

यस व्यापार अवधिमा ९९ कम्पनीको ६ सय ६६ पटकको व्यापारमा रू। ३ करोड ४१ लाख ९१ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका ९ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ३५ प्रतिशत बढेपनि अन्य समूहको परिसूचकमा कमी आएकाले समग्र शेयर बजारमा प्रभाव परेको हो ।

यस व्यापार अवधिमा बैंकिङ समूहको परिसूचक ०.६८, होटलको ०.६१, विकास बैङ्कको ०.७३, जलविद्युतको १.४९, वित्त समूहको ०.२४, बीमा समूहको ०.५७, लघुवित्त समूहको ०.४४ र ‘अन्य’ समुहको ०.६९ प्रतिशत घटेको हो । अार्थिक अभियानबाट साभार

कमेन्ट गर्नुहोस्