राधामाथि कुटपिट गर्नेलार्इ कडा कारबाही हुनुपर्छ भन्दै संयुक्त विद्यार्थी संगठनद्वारा विरोध

कैलाली । बोक्सीको आरोपमा राधा चौधरी कुट्नेलाई कडा कारबाही हुनुपर्ने भन्दै कैलालीका विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

विरोधस्वरुप आइतबार संगठनले नारा जुलुससहित ईलाका प्रसाशन र ईलाका प्रहरी कार्यालय कैलाली सुख्खड लगायत बजार परिक्रमा तथा नाराबाजी गर्दै कोणसभा गरेको थियो ।

कोणसभामा बोल्दै विद्यार्थी नेताले राधामाथि अमानविय व्यवहार गर्नेलाई कडा कारबाहि हुनुपर्ने माग गरे ।

पिडितलाई न्याय दिलाउनका लागि विद्यार्थी संगठनले पूर्ण सहयोग गर्ने कोणसभामा बोल्ने बक्ताले आश्वासन दिए । कोणसभामा अखिल क्रान्तिकारी कन्द्रिय अनुगमन तथा मुल्यांकन आयोग सचिब रमेश भट्टरार्इ, अनेरास्ववियू कैलाली बहुुमखी क्याम्पसका अध्यक्ष चुडामणी भट्टलगायत विद्यार्थी नेताले संवोधन गरेका थिए ।

कोणसभाको संचालन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका कैलाली अध्यक्ष डम्बर भट्टरार्इले गरेका थिए ।

विरोध सभामा विद्यार्थी, स्थानीय तथा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । पीडित राधाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । राधालाई कुटपिट गर्ने तिन जना प्रहरीले पक्राउ गरेर थप अनुसन्धान थालेको छ ।

कमेन्ट गर्नुहोस्