सोमबार कतिले घट्न पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ ।

आइतबार सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार सुनको मूल्य घटेर ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

आइतबार बजारमा चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार चाँदीको मूल्य घटेर ७ सय ४५ रुपैयामा कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!