ओएसिस कलेजमा क्रान्तिकारीको तालाबन्दी

भरतपुर । चितवन जिल्लाको भरतपुरमा रहेको ओएसिस मेडिकल कलेजमा आइतबार अखिल क्रान्तिकारीले तालाबन्दी गरेका थिए ।

उक्त कलेजमा बिगत चार बर्ष देखि बिएसि नर्सिङ्ग अध्यन गरेका बिधार्थीहरुले पुर्बान्चल विश्वविद्यालयले लिएको अन्तिम परिक्षामा सहभागी भई उत्तीर्ण भएका तापनि फागुन २६ गते नेपाल नर्सिङ परिषद्ले लिएको लाइसेन्स परीक्षामा सहभागी हुन पाएका थिएनन् ।

परीक्षामा सहभागी हुन नपाएपछि पीडित विद्यार्थीले अखिल क्रान्तिकारीको केन्द्रिय कार्यालय बागबजारमा पुगी अध्यक्ष रन्जित तामाङ र चितवन जिल्ला कार्यालयसमेत लिखितरुपमा आफ्नो भविष्यको बारेमा सोची दिन अनुरोध गरेका थिए ।

विद्यार्थीहरुको आग्रह पश्चात क्रान्तिकारीको केन्द्रीय कार्यालयले मातहतका कमिटीहरुलाई यथार्थ बुझी तत्कालै आन्दोलन अगाडि बढाउन निर्देशन गरेको थियो ।

आइतबार बिहान अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य सुरजसिह ठुकुरीको नेतृत्वमा पुगेको टोलिले कलेजमा अनिश्चितकलिन तालाबन्दी गरेका थिए । “कलेजले न्युनतम मापदण्ड समेत पूरा नगरी संचालन गर्ने र नर्सिगं काउन्सिलको निर्देशन अवज्ञा गरी पठनपाठन संचालन गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको तालाबन्दीका क्रममा जिल्ला अध्यक्ष बसन्त आचार्यले दाबी गरे ।

विद्यार्थीहरुको संक्षिप्त सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य सुरजसिंह ठकुरीले अब क्रान्तिकारी संगठन मुखदर्शक भएर नबस्ने र आन्दोलनलाई निष्कर्षमा पुर्याई पीडित विद्यार्थीहरुलाई न्याय र दोषी कलेज संचालकलाई कारबाहीको दायरामा ल्यार्इ छाड्ने बताए ।

यसबारेमा कलेज संचालक हेमकुमारी चौधरीसँग सम्पर्क गर्न खोज्दा आइतबारै आफु यो विषयमा छलफल गर्न काठमाडौं जाँदै गरेको र आफ्नो संस्थालाई नर्सिंग काउन्सिलले अन्याय गरेको दाबि गरिन् । चौधरीले यसो भने तापनि कलेजका विद्यार्थीहरु आफुहरुले नर्सिंग काउन्सिलको सूचना थाहा पाएर कलेज प्रशासनसँग कुरा गर्दा बेवास्ता गरिएको भन्दै आफूहरुको लाखौ रुपैयाँ लगानी र समय बर्बाद हुन लागेको भन्दै सहयोगका लागी सबै सरोकारवाला आग्रह गरेका छन् ।

आजै क्रियाशील ती विद्यार्थी संगठनहरु नेविसंघका अध्यक्ष नेनसिहं महर, अखिल अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रंजित तामाले संयुक्त बिज्ञप्ति जारी गर्दै समस्या सामाधानको माग गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!