प्रधानमन्त्रीको चाबी प्रचण्डको हातमा, यी हुन प्रचण्डले बनाएका ८ प्रधानमन्त्री

१० बर्षे जनयुद्धको सुप्रिम कमाण्डर प्रचण्ड शान्ति प्रक्रियामा आएपछि देशको कार्यकारी नेतृत्व चयनकै कमाण्डर भएका छन् ।

विस्तृत शान्तीसम्झौता पछि पनि नेपालको राजनीतिमा उनको नेतृत्व डगमगाएको छैन् । बरु अझ परिपक्क बन्दै गएको छ ।

प्रचण्ड शान्ति वार्तामा आउँदा शान्ति सम्झौतामा हस्ताक्षर गरी मूलुकमा शाति स्थापना गर्ने कार्यको प्रमूख २ हस्ताक्षरकर्तामध्ये प्रचण्ड मात्रै एक जीवित नेता हुन् । हिजो अार्इतवार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै उनले भने ‘प्रधानमन्त्रीको कार्यकक्षमा बसेर यसो हिसाव गरेको पछिल्ला १० मध्ये ८ प्रधानमन्त्री बनाउने अवसर मलाई प्राप्त भएछ’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, अब कति प्रधानमन्त्री बनाइयो भने गिनिज बुकमा नाम लेखिन्छ होला ?’

यी हुन १० बर्षमा प्रचण्डले बनाएका ८ प्रधानमन्त्री

२०५२ सालमा शुरु भएको शसस्त्र जनयुद्धका कमाण्डर हुदै जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्दै प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । उनले २०६५ भदाैदेखि २०६६ बैशाखसम्म सरकारकाे चलाए । तत्कालिन प्रधानसेनापति रुगमा‌गत कटुवालकाे प्रकरणमा प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए ।

माधवकुमार नेपाल (नेकपा एमाले)

प्रचण्ड आफू प्रधानमन्त्री हुँदा राजनीतिको उच्च नैतिकता प्रदर्शन गर्दे प्रधानमन्त्री जस्तो पद परित्याग गर्ने नेता मात्रैमा सिमित भएनन् उनले निर्वाचनमा २ स्थानबाट पराजित भएका एमाले नेता माधव कुमार नेपाललाई संविधानसभाको सभासद बनाउने भूमिका खेले ।
पछि तीनै माधव नेपाल प्रचण्डको बहिर्गमनपछि नेपालको प्रधानमन्त्री बने । माधव कुमार नेपाल प्रधानमन्त्रीकाे कुर्सीमा २० महिना बसे ।

झलनाथ खनाल (नेकपा एमाले)

प्रचण्डले अर्का एमाले नेता तथा तत्कालिन अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीको प्रस्ताव गरे र बनाइछाडे । खनाल प्रचण्डको सहयोग र प्रस्ताव विना प्रधानमन्त्री बन्ने स्थिति थिएन । खनालले ६ महिना मात्र काम गर्न पाए ।

बाबुराम भट्टराई (एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी)

प्रचण्डको सहयोग र प्रस्तावमा प्रधानमन्त्री बन्ने अवसर पाएका अर्का नेता हुन् तत्कालिन माओवादी नेता डा बाबुराम भट्टराई । उनी २०६८ भदाैदेखि २०७० काे असारसम्म प्रधानमन्त्री भए । उनी अहिले माओवादी परित्याग गरी नयाँ शत्ति नेपालको संयोजक बनेका छन् र अहिले गोर्खा क्षेत्र नं २ बाट सांसद बनेका छन् ।

शेरबहादुर देउवा (नेपाली का‌ंग्रेस)

प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का पात्र वा नेता हुन् कांग्रेस सभापति शेर बहादुर देउवा । प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी प्रधानमन्त्रीबाट हटाएर फेरी आफ्नै प्रस्तावमा कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाएका थिए ।

खड्गप्रसाद ओली (नेकपा एमाले)

प्रचण्डले प्रधानमन्त्री बनाएका अर्का नेता हुन् एमाले अध्यक्ष के पी शर्मा ओली । ओलीलाई प्रचण्डले आफ्नै प्रस्तावमा प्रधानमन्त्री बनाएका थिए ।

अहिले पनि ओलीलाई प्रचण्डकै प्रस्तावमा प्रधानमन्त्री अवसर जुर्यो । ओली र प्रचण्ड दुबै जना अहिले बाम गठबन्धनका प्रमूख नेताको रुपमा खडा भएका छन् । ओली दोश्रो पटक नेपालको सर्वोच्च पद प्रधानमन्त्री भएका छन् ।

अहिलेको जनादेश अनुसार बाम गठबन्धन पार्टी एकतामा परिणत भए पनि नभएपनि अझै अबको ५ बर्षको सरकार र प्रधानमन्त्री चयनमा प्रचण्ड नै अर्ग भुमिकामा रहने देखिन्छ । अहिलेको ठुलो दल एमाले र दोस्रो दल काग्रेस दुबैको स्पष्ट बहुमत नभएकोले दुबैलाई सरकार बनाउन प्रचण्डको काँध अनिवार्य जस्तै देखिन्छ ।

यो १० बर्षमा खिलराज रोग्मी र नेपाली कांग्रेसका तत्कालिन सभापति शुशिल कोईराला पनि प्रधानमन्त्री बने । खिलराजले २०७० असारदेखि २०७१ जेठसम्म मन्त्रीपरिषदकाे अध्यक्षकाे हैसियतमा सरकार चलाए । उनकाे पालामा दाेस्राे संविधानसभाकाे चुनाव भयाे । नेपाली कांग्रेस पहिलाे दलकाे रुपमा उदायाे ।

प्रधानमन्त्रीका रुपमा तत्कालिन सभापति शुशिल कोईराला प्रधानमन्त्री भए । त्यसबेला प्रचण्ड अाफैँलार्इ प्रधानमन्त्री बन्ने प्रस्ताव अाएकाे थियाे तर स‌ंविधान निर्माणका लाग भन्दै पहिलाे र दाेस्राे दल कांग्रेस र एमालेलेलार्इ सरकार चलाउन दिएर अाफु प्रतिपक्षमै बसेर भुमिका खेले ।

उनकाे त्याे याेगदानकाे धेरैले प्रश‌सा गरे र देश अहिलेकाे अवस्थामा अार्इपुगेकाे छ । अहिले पनि नेपाली कांग्रेसले पुरै ५ बर्ष सरकार चलाउन गरेकाे प्रस्तावलार्इ अस्विकार गरेर चुनावबाट पहिलाे दल बनेकाे एमाले अध्यक्ष केपी शर्मा अाेलीलार्इ प्रधानमन्त्री बनाएका छन् ।

यद्यपि संसदमा साेमवार प्रचण्डले यो पटक एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउँदा फरक अनुभूति भएको उनले सुनाए । यो चानचुने कुरा नभएको भन्दै उनले अहिलेको व्यवस्थालाई परम्परतागत संसदीय व्यवस्थाका रुपमा मात्र नबुझ्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

विस्तृत शान्ति सम्झौताका दुर्इ हस्ताक्षरकर्ता

कमेन्ट गर्नुहोस्