बंगलादेशको रेकर्ड जीत, श्रीलंका स्तब्ध

काठमाडौं । निदाहास ट्रफी टी-२० अंतरराष्ट्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार भएको तेस्रो खेलमा भएको बंगलादेशले रेकर्ड स्कोर पछ्याउँदै श्रीलंकामाथि पाँच विकेटले जीत हासिल गरेको छ ।

पहिले ब्याटिंग गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१४ रन बनाएको थियो । २१५ रनको विशाल लक्ष्य बंगलादेशले २ बल अगावै ५ विकेट गुमाएर पुरा गऱ्यो । उसका ओपनर तामिम इकबालले २९ बलमा ६ चौका र ५ छक्का सहित ४७ रन र लिटोन दासले १९ बलमा २ चौका र ५ छक्का सहित ४३ रनको आक्रामक पारि खेल्दै पहिलो विकेटको लागि ५.५ ओभरमा ७४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै मात्र ३५ बलमा ५ चौका र ४ छक्का प्रहार गरेर विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहीमले आफ्नो क्यारियरकै सर्वोत्कृष्ट अविजित ७२ रन बनाए । उनलाई म्यान अफ द म्याच पनि घोषणा गरिएको थियो ।

खराब बलिंग गरेको श्रीलंकाको लागि नुवान प्रदीपले ३७ रन खर्चेर २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिंग गरेको श्रीलंकाको लागि कुसल परेराले ४८ बलमा ८ चौका र २ छक्का सहित ७४, कुसल मेन्डिसको ५७ रन र उपुल थारंगाले अविजित ३२ रनको मद्दतले २१४ रन जोडेको थियो । बंगलादेशका लागि मुस्ताफिजुर रहमानले ४८ रन खर्चेर ३ तथा महामदुल्लाहले १५ रन खर्चेर २ विकेट लिए ।

यो टी-२० अंतरराष्ट्रीयमा चौथो सर्वाधिक स्कोर सफलतापूर्वक पछ्याएको रेकर्ड हो । यस मामलामा बांग्लादेशले अन्य एसियाली क्रिकेट महारथीहरू, भारत, पाकिस्तान र श्रीलंकालाई उछिनेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!