अफगानिस्तानसँग हारेपछि कप्तान पारसले भने : ‘अन्तिम खेल बाँकी छ’ (भिडियाेसहित)

काठमाडौं, फागुन २७ । नेपाली टोलीका कप्तान पारस खड्काले अन्तिम खेलमा जितका लागि प्रयास गर्ने बताएका छन् ।

विश्वकप छनोटमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको सुपर सिक्स पुग्ने सम्भावना कमजोर भएको छ । शनिबार नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भयो ।

खेलपछि कप्तान पारस खड्काले भने, ‘यदि ३०/४० थप रन जोड्न सकेको भए अवस्था अर्कै हुन्थ्यो ।’

राम्रो सुरुवात गरेर पनि त्यसलाई निरन्तरता दिन नसकेको उनले बताए । उनले भने, ‘हामीसँग एक खेल बाँकी छ । हामीले प्रयास गरेको हो तर, तीन वटै खेल गुमाउन पुग्यौं ।’

हरेक खेल देशका लागि र जित्नका लागि खेलिने भन्दै उनले अघि भने, ‘अन्तिम खेलमा जित्ने प्रयास गर्छौं ।’

विश्वकप छनोटमा नेपालले आफ्नो क्षमता अनुसार खेल्न नसकेको कप्ताान पारसले स्वीकार गरे ।

यो प्रतियोगितापछि नेपालको केही घरेलु खेल मात्र रहेको भन्दै उनले थप खेल खेल्ने चाहना रहेको बताए ।

भिडियाे

अफगानिस्तानसँग हारेपछि कप्तान पारसले भने …

Posted by Htanuhgar Niagajab on 10 ಮಾರ್ಚ್ 2018

कमेन्ट गर्नुहोस्

error: Content is protected !!