प्रचण्ड : पाँच आन्दोलनका नेता

मनहरि तिमिल्सिना
माक्र्सवाद भन्छ, ‘नेता आवश्यकता र आकस्मिकताको संयोगबाट जन्मिन्छ ।’ विश्वभरिका माक्र्सवादीहरूले मान्दै आएको दार्शनिक मान्यता पनि यही हो । तर, आवश्यकता र आकस्मिकताको संयोग मात्रैले नेतृत्व जन्मदैन । नेता बन्न व्यक्तिमा अन्तर्निहित प्रतिभाको पनि कम भूमिका हुँदैन ।

प्रतिभा नै त्यस्तो कडी हो, जसले आवश्यकता र आकस्मिकताको द्वन्द्ववादको औचित्य पुष्टि गरिदिन्छ । इतिहासका खास विन्दुमा नै नेता जन्मन्छन् । तर, त्यही चाहिँ नेता बन्छ, जोसँग दुरदृष्टि, अदम्य आत्मविश्वास र प्रतिभा हुन्छ । विश्व र नेपाली राजनीतिमा नेताहरूले मूख्यतः २ अवधिको नेतृत्व गरेको भेटिन्छ, राजनीतिक संघर्ष र राज्य सञ्चालन । तर, नेपाली राजनीतिमा प्रचण्ड नै यस्तो नाम हो, जसले पाँच फरक, दुरगामी र चामत्कारिक महत्वका आन्दोलनको नेतृत्व गरिरहेका छन् ।

मनहरि तिमिल्सिना

पहिलो, चालीसको दशकताका नेपालको कम्युनिष्ट आन्दोलनमा चिनियाँ र रुसी लाइनबारे तीब्र विवाद थियो । माले, माक्र्सवादी, मशाल र मसाल कम्युनिष्ट आन्दोलनका मूख्य धारा थिए । तात्कालीन चौमका नेताहरू मोहनविक्रमलाई माओ र निर्मल लामालाई चाओको ठान्थे । प्रचण्ड नै त्यस्ता युवा क्रान्तिकारी थिए, जसले पहिलो पटक माओ र चाओ ठानिएका नेताहरूसँग वैचारिक बहस गरे ।

२०४४ को ‘सेक्टर काण्ड’पछि प्रचण्ड मशालको महामन्त्री छानिए । महामन्त्री छानिएलगत्तै प्रचण्डले ठाने, ‘गोलचक्करमा रहेको कम्युनिष्ट आन्दोलनलाई नयाँ गति दिन्छु ।’ त्यसका लागि कम्युनिष्टहरूको बलियो केन्द्र जरुरी हुन्थ्यो । माओविचार मान्ने तर एकअर्कालाई गद्धार, दलाल र दक्षिणपन्थी भन्नेहरू बीचको एकता ‘प्रचण्ड आँखामा’ क्रान्तिकारी ठहरियो ।

प्रचण्ड जनयुद्धको खाका कोर्दै थिए, यता पञ्चायत विरुद्धको आन्दोलनमा उभार देखेपछि ‘प्रचण्ड कार्यनीति’ मोडियो । जनयुद्धका लागि खोजिएका हतियार र तालिम प्राप्त कामरेड शक्ति सञ्चयमा राखेर उनी जनआन्दोलन समिति निर्माणतिर होमिए । जनआन्दोलन भयो, अनि सम्झौता पनि । त्यसपछि माले र माक्र्सवादीहरू मिलेर एमाले बन्यो । क्रान्तिको सपना बोकेर प्रचण्डले नेकपा (एकता–केन्द्र) निर्माण गरे ।

२०४८ मा एकता–केन्द्रमा संसदीय चुनावमा भाग लियो । क्रान्तिकारीहरूका लागि यो बुझिनसक्नु थियो । जनयुद्ध गर्न फौजी तालिम लिएको र माओवाद पास गरेको पार्टी एकाएक संसदीय संघर्षमा आउँदा धेरैले ठाने, ‘यो क्रान्ति परित्यागकै मार्गचित्र हो ।’ एकातिर माओवाद पास गर्नु, हतियार जम्मा गर्नु, फौजी तालिम दिनु र अर्कोतिर सुधारवादी भनिएकाहरूसँग एकता गर्नु, संसदमा भाग लिनु धेरैका लागि ‘छलफाम र क्रान्तिको बिसर्जन’ थियो ।

तर, प्रचण्डले त्यही कुरा जरुरी देखे । २०४६ को परिवर्तन पूर्ण प्रजातन्त्र थिएन । तर, यो कुरा प्रचण्ड र एकता–केन्द्रले बुझेर मात्रै क्रान्ति सम्भव थिएन, जनतालाई बुझाउन जरुरी थियो, त्यसका लागि संसदको उपयोग ‘प्रचण्ड आँखा’मा क्रान्तिकारी कदम थियो । उनले क्रान्तिकै तयारीका लागि संसदको उपयोगको नीति लिए । यसरी विचार निर्माण, जनयुद्धको तयारी र संसदको उपयोगको बिल्कूलै नयाँ मोर्चा र अभ्यासमा प्रचण्ड सफल ठहरिए ।

प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् ।

दोस्रो, २०५२ माघमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र थमाइयो, त्यसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त ४० बुँदा थिए । देउवाले परिवर्तनको भाषा बुझेनन्, प्रचण्ड मिसन बुझ्नसक्ने हैसियत पनि थिएन । अन्ततः २०५२ फागुन १ मा जनयुद्धको उद्घोष भयो । जनयुद्ध पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियान पछिको सबैभन्दा ठूलो फौजी संघर्ष थियो । माओवादी सरकारको विरुद्ध लड्ने फौजी शक्तिमा मात्रै सीमित रहेन, आफै सेना, सत्ता र अदालतको अभ्यासमा लाग्यो । करीब १५ हजारको बलिदानी र ११ वर्ष लामो राजनीतिक संघर्षको प्रचण्ड आफैले नेतृत्व गरे ।

नेपाली राजनीतिमा पुष्पलाल, मनमोहन, ओली, मोहनबिक्रम लगायतका बामपन्थी नेता पनि सत्ता विरुद्धको संघर्षबाटै आए । तर, उनीहरुको संघर्ष प्रचण्डको जस्तो दीर्घकालीन, जोखिमपूर्ण र फौजी संघर्ष थिएन । माओत्सेतुङ, गोञ्जालो, चे–ग्वेभारा, फिडेल क्यास्ट्रोजस्तै प्रचण्ड पनि प्रत्यक्ष फौजी मोर्चाका कमाण्डर थिए । यद्यपि, माओ, क्यास्ट्रो सत्तामाथि विजय हासिल गरे, गोञ्जालो, ग्वेभारा दमनको शिकार बने भने प्रचण्ड सम्झौताको गन्तव्यतिर सोझिए ।

जनयुद्धको उद्घोष थियो, ‘सामन्ती तथा प्रतिक्रियावादी सत्ताको अन्त्य र नयाँ जनवादी व्यवस्थाको स्थापना ।’ युद्धले एकपछि अर्को जटिलताको सामना गरिरह्यो । देशभित्र र बाहिरका सबै बुर्जुवा शक्तिहरू माओवादीविरुद्ध थिए । ‘मर्ता क्या कर्ता’को बाटो प्रचण्डले वैज्ञानिक ठानेनन् । प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण ठाने । गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधान सभाको माग र लोकतान्त्रिक गणतन्त्रको नारा त्यसैको कडी थियो ।

तेस्रो, विश्व इतिहासमा क्रान्ति मूलतः २ ढंगले अवतरण भए, सत्तामाथि विजय र दमनद्वारा निस्तेज । बन्दुकबाटै सत्ताको छिनोफानो गर्ने पूर्व प्रतीज्ञाको विकल्प नखोजिएको भए जनयुद्धले दमनको नियति भोग्थ्यो । अर्कोतिर, शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने र उचित परिस्थितिमा फड्को हान्ने सम्भावना जीवित नै थियो । त्यही सम्भावनामा टेकेर शान्ति सम्झौता भयो ।

२०६२ मंसिरमा माओवादी–संसदवादी शक्तिबीच भएको १२ बुँदे समझदारीले जनआन्दोलन सृष्टि ग¥यो । माओवादीहरू पनि शान्तिपूर्ण जनआन्दोलनका हिस्सेदार भए, अनि संसदवादीहरू जनयुद्धका शुभेच्छुक । यही समझदारीले २४० वर्ष पुरानो एकात्मक सत्ताको अन्त्य गरी गणतन्त्रको ढोका खोल्यो । १२ बुँदे समझदारीकै जगमा टेकेर २०६३ मंसिर ५ मा गिरिजाप्रसाद र प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे ।

प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’

सेना समायोजन र हतियार व्यवस्थापन निकै ठूलो प्राविधिक चुनौति थियो । पार्टी विभाजनको जोखिम मोलेरै प्रचण्डले त्यसको स्थीर समाधान खोजे । प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’

चौंथो, क्रान्ति र शान्तिका कमाण्डर प्रचण्ड संविधान घोषणा र संघीयता अभ्यासका पनि कमाण्डर बने । विष्णुको अवतार ठानिएका राजालाई हटाएर गणतन्त्रको स्थापना गर्नु धेरैको कल्पना बाहिर थियो । जनक्रान्तिका बलमा प्राप्त जनादेशले राजतन्त्रलाई रछ्यानमा मिल्कायो, मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो ।

प्रचण्डले २०५१ सालमै नेपालमा संघीयताको अनिवार्यता औल्याएका थिए । संविधान सभाको निर्वाचनपश्चात् संघीयताको बहस पेचिलो रुपमा उठ्यो । कतिले संघीयता देशका लागि अभिसाप देखे, कतिले आयातित नारा भने । जातीय, क्षेत्रीय, लैङ्गीक र सांस्कृतिक विभेदको अन्त्यका लागि संघीयता जरुरी थियो । अन्ततः दलहरू संघीयतामा सहमत भए र संघीय गणतान्त्रिक संविधान बन्यो । दलीय आयातनका दृष्टिले संविधान निर्माणका बखत माओवादी तेस्रो शक्तिमा रहेपनि त्यसको ‘कमाण्डर’ प्रचण्ड नै थिए ।

असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ ।

संविधानपछि बनेको वामपन्थी सरकारले नाकाबन्दीको सामना गर्नुपर्यो । त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली थिए, अनि सारथि प्रचण्ड । दुबै मिलेर नाकाबन्दीको सामना गरे । आन्तरिक एकता सुदृढ गरेर मात्र बाह्य चुनौतिको मुकाबिला गर्न सकिन्थ्यो, यही फरक सोंचले ओली–प्रचण्ड एकतामा ‘ठेस’ लाग्यो । यसरी गणतन्त्र र संघीयताको घोषणा, नाकाबन्दीको सामना, संविधानमा पनि प्रचण्ड राष्ट्रिय राजनीतिको मियो बने ।

पाँचौं, असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ ।

जतिसुकै सैद्धान्तिकरण गरिए पनि जनयुद्धका मूल २ संकल्प थिए, समृद्धि र समानता । एमाले–माओवादीको समृद्धि र समाजवादको यात्राले उल्लेखित संकल्प हात लाग्न सक्छ । लोककल्याणकारी राज्यलाई नै समाजवादको नाम दिए भन्न सकिन्नँ । तर, समृद्धि र समानताको पिल्लरमा उभिएको समाजवाद स्थापित हुन सक्यो भने प्रचण्ड सपना सार्थक हुन सक्छ । यो ओली र प्रचण्ड दुबैका लागि नयाँ अवसर हो ।

२०१९ सालपछि नेकपा दर्जनौं टुक्रामा बाँडियो, माक्र्सवादका अनगिन्ती पसलहरू खोलिए । कांग्रेसहरू व्यंग्य गर्थे, ‘फुट्ने कला कम्युनिष्टहरूबाट सिक्नुपर्छ ।’ लक्ष्य समाजवाद, साम्यवाद भएर पनि अल्पबिराम र पूर्णबिरामको विवादमा फुट्ने कम्युनिष्टहरूका लागि ओली–प्रचण्ड प्रयास निकै शक्तिशाली सन्देश हो । सन् १९९१ पछि ‘इतिहासको अन्त्य’को हल्ला गरिरहेको पूँजीवादी शिविरमाथि सशक्त हमला पनि हो ।

कम्युनिष्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र राष्ट्र निर्माणको अभियानमा पुष्पलाल, वीपी, गणेशमान, गीरिजाप्रसाद, मनमोहन, मोहनविक्रम, केपी ओली लगायतका नेताहरूको कम योगदान छैन । तर, यी सबै नेताले एक कालखण्डमा एउटा आन्दोलनको नेतृत्व गरेका छन् । प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् ।

इतिहास तर्क होइन, तथ्यमा उभिन्छ । तथ्यले भन्छ, ‘पृथ्वीनारायण शाहपछि नेपाली राजनीतिको सर्वाधिक चर्चित र शक्तिशाली नेता प्रचण्ड नै हुन् ।’ वर्तमानमा हेर्दा एमाले अध्यक्ष ओलीको पक्षमा कम जनमत पक्कै छैन । झापा विद्रोह, जेल जीवन, नाकाबन्दीको सामना, एउटै कम्युनिष्ट केन्द्र निर्माणमा ओलीको योगदान पनि विशिष्ट नै छ । तर, युग नै बदल्ने ‘प्रचण्ड शक्ति’ सबैभन्दा माथि छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!