स्टिभ जब्सले जागिरका लागि लेखेको निवेदन लिलाम हुँदै, मूल्य राखियो ५० हजार डलर

विश्वविख्यात प्रविधि कम्पनी एप्पलका सह संस्थापक स्टिभ जब्सले नौकरीका लागि भरेको आवेदन फार्म लिलाम गरिने भएकोछ ।

सन १९७३ मा भरिएको यस आवेदन फार्म मूल्य ५० हजार डलर राखिएको छ ।

उनलाई खरबपति बनाउने कंपनी एप्पल स्थापना गर्नुभन्दा तीन वर्ष पहिले स्टिभले यो आवेदन भरिका थिए । उनले लेखेका उत्तरमा धेरै शब्दहरूका हिज्जे गलत छन् ।

यो एक पानाको दस्तावेजले प्रविधि क्षेत्रप्रति उनको रुचि प्रतिविम्बित गर्दछ ।

आफ्नो विशिष्ट योग्यताका ठाउँमा उनले ‘इलेक्ट्रोनिक्स, टेक या डिजाइन इंजिनियर’ भनेर लेखेका छ ।

उनले ‘के तपाईंलाई कम्प्युटर आउँछ ?’ भन्ने प्रश्नको उत्तर उनले ‘हो’ भन्दै दिएका छन् ।

यस आवेदनबाट जब्सले जागिर पाए या पाएनन् भन्ने जानकारी अझै आउन सकेको छैन ।

उनले आफ्नो नाम ‘स्टेभेन जब्स’ र ठेगानामा ‘रिड कलेज’ लेखेका छन् । पोर्टल्याण्डस्थित यस कलेजमा जब्सले केही समय पढेका थिए ।

त्यस्तै उनले ड्राइभिङ् लाइसेंस छ अथवा छैन भनेर सोधिएको प्रश्नमा ‘छ’ भन्ने उत्तर दिएका छन् ।

संसारलाई आइफोन दिने जब्सले फोन छ/छैन भन्ने प्रश्नको उत्तर ‘छैन’ भनेर दिएका रहेछन् ।

यो निलामी ८ देखि १५ मार्चसम्म बोस्टनमा हुनेछ ।

स्टिभ जब्सको ५६ वर्षको उमेरमा अक्टोबर २०११ मा मृत्यु भएको थियो ।

 

 

बिबिसी विश्वसेवाबाट

कमेन्ट गर्नुहोस्