युएईमा बिदेशी कामदारलार्इ प्रहरी रिपोर्ट अनिवार्य

युएई, पुस २७ । रोजगारीका लागि युएई आउदा आउदो फेब्रुअरी ४ तारीख बाट अनिवार्य रूपमा सम्बन्धित देशको प्रहरीले बनायको रिपोर्ट बुझाउनु पर्न भएको छ ।

कामदार भिसामा युएई आउदा काम गर्न आउने कामदारले स्वदेशमा कुनै पनि आपराधिक कृयाकलापमा संलग्न नभएको सम्वन्धित देशको प्रहरीले उपलव्ध गराएको रिपोर्ट सहित संलग्न गर्नुपर्ने नया नियम युएई सरकारले लागू गर्न लागेको हो ।

युएईको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन यस्तो व्यवस्था गर्न लागिएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । त्यस्तो रिपोर्ट बनाउदा सम्वन्धित कामदारको मुलुक वा कामदार पछिल्लो ५ बर्षदेखि बसिरहेको मुलुकको प्रहरीले उपलव्ध गराएको हुनु पर्ने समाचारमा बताइएको छ । रिपोर्ट बनाउदा सम्वन्धित व्यक्ति कुनै आरोेपमा यसअघि पक्राउ नपरेको वा सो व्यक्ति विरुद्ध कुनै वारेण्ट जारी नभएको उल्लेख हुनुपर्नेछ । यस्तो कागजात सम्वन्धित मुलुकमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्नुपर्ने समेत जनाइएको छ ।

हाल पनि सार्वजनिक क्षेत्रको रोजगारी र केहि कम्पनीहरुले सुरक्षा सम्वन्धि कागजात माग्ने गरेपनि यो अनिवार्य नभएको तर आगामी फेब्रुअरी ४ देखि भनें अनिवार्य हुने बताइयको छ । अष्ट्रेलिया, क्यानडा, बेल्जीयम लगायतले अपनाउँदै आएको पद्धती अब युएईमा पनि अपनाउन लागिएको सो समाचारमा जनाइएको छ । तर टुरिष्ट भिषामा आउनेहरुलाई भनें यस्तो कागजात आवश्यक पर्नेछैन ।

युएईमा बिकासको गतिले तिब्रता लिय सङ्गै रोजगारीका नया अबसर थपिदै गर्दा सुरक्षाको दृस्ठिकोणमा मजबुत र भरपर्दो बनाउन यस्तो नियम अनिवार्य भएको फेडरल नेशनल काउन्सिलले बताएको छ ।
यसअघि जोर्डनका एक नागरिक युएईमा लुटपाट र बलात्कारको घटनामा पक्राउ परेका थिए उनी जोर्डनमा वारेण्ट जारी भएका व्यक्ति भएको पत्ता लागेयता सम्वन्धित मुलुकको प्रहरी रिपोर्ट अनिवार्य गर्नुपर्ने आवाज युएईमा उठेको थियो ।

सोही कुरालाइ मध्यनजर गर्दै युएई सरकारले बिदेशी कामदारको हकमा नया नियम लागू गरेको छ ।यस्ले गर्दा वैदेशिक रोजगारीमा आउने हरुले सुरक्षाको महसुस गर्दै भयरहित वातावरणमा काम गर्न पाउने छन।

कमेन्ट गर्नुहोस्