दिलीपले बनाए पंक्चर भएमा आफैं हावा भरिने, कम्प्यूटरबाट चल्ने मोटरसाईकल

भारतका एक युवाले पर्यावरण मैत्री मोटरसाइकल बनाएका छन् । उनले बनाएको मोटरसाइकल सायदै ‘जेम्स बोन्ड’ जस्ता हलिउड फिल्ममा मात्र देखिएका छन् ।

भारत इन्दौरका दिलीप सेनले बनाएको यो मोटरसाइकल कम्प्यूटरबाट चल्छ । भारतीय समाचारमाध्यमका अनुसार दिलीपले यो मोटरसाइकल वातावरण प्रदुषण कम गर्ने उद्देश्यले बनाएका हुन् ।

९ कक्षा मात्र पढेका दिलीपले बनाएको यो मोटरसाइकलले प्रदूषण विभागबाट सर्टिफिकेट पनि पाएको छ । फिंगरप्रिन्ट र ट्रान्सपोन्डरसिपबाउट स्टार्ट हुने यो मोटरसाइकलले मात्र चार सेकेन्डमा १०० किमीको रफ्तार लिने दिलीपको दाबी छ ।

जेम्स बोन्डका फिल्मका शौखिन दिलीप सेनलाई यो बनाउने आइडिया हलिउड फिल्मबाटै मिलेको उनले बताएका छन् । दिलीपले समाचारमाध्यमलाई बताएअनुसार यो मोटरसाइकलको इन्जिनमा परिवर्तन गरिनुका साथै साइलेन्सर पनि अलग तरिकाले डिजाइन गरिएको छ ।
यसको इन्जिन ल्यापटपको मदरबोर्डबाटै नियन्त्रण हुन्छ । आकस्मिक समस्याका लागि सेन्सर जडान गरिएको छ जसको जानकारी मोबाइलमै आउँछ ।

यसमा पंक्चर भएमा आफैं हावा भरिने, अटोमेटिक इन्जिन कुलिङ मोड, रेकर्डिङ मोड जस्ता फिचर छन् ।

प्रदुषण जाँच दिलीपको यो मोटरसाइकलमा कार्बन मोनो अक्साइडको स्तर धेरै कम पाइएको समाचारमाध्यमले जनाएका छन् । यसले विस्तारित रूप लिन पाएमा वातावरण प्रदुषणको समस्या कम गर्न मद्दत पुग्ने विश्लेषकहरूको भनाइ छ । एजेन्सी

कमेन्ट गर्नुहोस्