मृत घोषित व्यक्ति घुर्न थाले पछि

मुर्दाघरमा पोस्टमार्टम गर्दै गर्दा घुरे पछि बच्यो ज्यान

स्पेनमा एउटा मृत कैदी पोस्मार्टम टेबुलबाट ब्युँतिएर फर्किएको समाचार प्राप्त भएको छ । स्पेनिस मिडियाले जनाए अनुसार ती कैदीलाई केही घण्टा पहिले तीन वटा डाक्टरहरूले मृत घोषित गरेका थिए ।

गोंजालो मोटोया जिमेनेज नामक उक्त व्यक्ति को ‘मृत शरीर’लाई स्पेनको ओभिडो सहरमा शव परिक्षणका लागि ल्याइएको थियो । तर पोस्टमार्टम टेबुलमा घुर्न थाले पछि तिनको ज्यान बचेको थियो ।

स्रोतहरूले जनाए अनुसार बिहानको घण्टी बजे पछि पनि ओछ्यानबाट नउठे पछि उनलाई मरेको शंका गरिएको थियो । र, पछि तीन जना चिकित्सकहरूले पनि उनको परीक्षण गरेर उनलाई मृत घोषित गरेका थिए ।

स्पेनिस टेलिभिजन च्यानल टेलिसिनोले जनाए अनुसार २९ वर्षीय डाक्टरहरूको परीक्षणका क्रममा गोंजालोको शरीरमा उनी जीवित रहेको कुनै संकेत देखिएको थिएन । त्यसकारण उनलाई मृत घोषित गरेर प्लास्टिक ब्यागमा बन्द गरेर पोस्टमार्टमका लागि लगिएको थियो ।
आफन्तले जनाए अनुसार गोंजालोको शरीर चिर फार गर्नका लागि उनको शरीरमा निसान समेत लगाइसकेको थियो ।

सम्बन्धित् समाचार  ७० वर्षीय शिक्षकले भगाए १९ वर्षीय छात्रा, सहरभरि चर्चा

प्राप्त खबर अनुसार मृत घोषित गरिएको चार घण्टा पछि गोंजालोको शरीरलाई पोस्टमार्टमका लागि फोरेन्सिक विज्ञहरूकहाँ ल्याइँदा उनी घुरिरहेका थिए । एक छिन पछि शरीर चलमलाउन थालेको थियो ।

हाल अस्पतालको इमर्जेंसी वार्डमा गोंजालोको उपचार भइरहेको जनाइएको छ । कारागार सूत्रले जनाए अनुसार जीवित व्यक्तिलाई मृत घोषित गर्नु भूल रहेको र यसबारे छानबिन गरिनेछ ।

स्पेनी अखबार एल स्पानोलले जीवित व्यक्तिलाई मृत घोषित गरिएको घटना दुःखद रहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: