वैंशमैं किन फुल्छ कपाल, यसरी पाउनुस् मुक्ति

हरेक मासिनको चाहना हुन्छ, आफ्नै कपाल सँधै कालो नै रहिरहोस् । तपाईँको पनि यस्तै चाहना हुन सक्छ । तर उमेर बढदै जाँदा जति चाहना व्यक्त गरेपनि कपाल सेतो भएरै छोड्छ । कपाल सेतो हुनु स्वभाविक हो । तर कतिपय मानिसमा ढल्किदो उमेर भन्दा अगाडि नै कपाल सेतो हुने गर्दछ ।

बुढेसकालमा हुने सेतो कपालले मान्छेलाई खासै चिन्तित नतुल्याउने भएपनि उमरे नपुग्दै कपाल फुलेमा चिन्ता मान्नु स्वभाविक हो ।
युवा अवस्थामै कपाल फुल्ने समस्याले अधिकांश मानिस तनावमा हुन्छन् ।

दूषित हावापानी खानपान ज्यादा चिन्ता लिने आदत आदिले कपाल फुल्ने गर्दछ त्यस्तै कसैको बंशानुगत गुणले पनि युवा अवस्थामै कपाल फुल्ने समस्या हुन जान्छ । सेतो कपालले मानिसको पर्सनालिटीमा समेत असर पुर्‍याउँछ । मेलेनिन, भिटामिन बी–१२ को कमी, वंशाणुगत गुण, थाइराइडलगायतका समस्याले पनि मानिसको कपाल फुल्ने गर्छ ।

युरोपेली शोधकर्ताहरुका अनुसार उमेर बढेसँगै मानिसको कपालको हेयर फोलिकल्समा हाइड्रोजन पेरोअक्साइड रसायन जम्मा हुन्छ । जसका कारण कपालको कालो रंग हराउँछ र फुलेर सेतो हुन्छ ।

वैज्ञानिकहरुका अनुसार यसरी जमेको हाइड्रोजन पेरोअक्साइडलाई हटाउन र यस्तो रसायन कपालको कोषिकामा जम्मा हुनै नदिन विशेष उपचार गर्नुपर्छ ।

कपाल सेतो हुनबाट जोगाउन धेरै खर्च गर्ने प्रबृत्ती बढ्दो छ तर, घरमै पनि केही सावधानी अपनाउन सकेमा कपाल फुल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।


अमला

अमलामा एन्टिअक्सिडेसन हुन्छ, जसले कपालका कोषिकाहरूलाई सेतो हुन दिँदैन । त्यसका लागि अमलाको धुलोले नुहाउनुपर्छ वा मेहदीसँग मिलाएर लगाउनुपर्छ । अमलाले कपाललाई मजबुत बनाउन पनि सघाउ पुर्‍याउँछ । अमलाको धुलोलाई कपालमा लगाएमा कपाल सेतो हुने, झर्ने, चुँडिने र पातलो हुने समस्याबाट बिस्तारै मुक्ति पाउन सकिन्छ ।

भिटामिन बी–१२

खानपानमा अलिकति ध्यान दिने हो भने पनि कपाल फुल्न वा सेतो हुन पाउँदैन । भिटामिन बी–१२ युक्त खानाको प्रयोगले कम उमेरमै कपाल फुल्न पाउँदैन । यदि तपाईं शाकाहारी हुनुहुन्छ भने दूध र दूधजन्य पदार्थको सेवन गर्न सक्नुहुन्छ । नत्र माछा, अन्डा, मेवा, कुखुराको मासु पनि दैनिक रूपमा मात्रा मिलाएर सेवन गर्न सक्नुहुन्छ । यस्ता खाद्यपदार्थबाट प्रचुरमा मात्रामा भिटामिन बी–१२ प्राप्त हुन्छ ।

नरिवलको तेल

तपाईं नरिवलको तेल कत्तिको प्रयोग गर्नुहुन्छ रु यदि प्रयोग गर्ने बानी छैन भने आजैदेखि प्रयोग गर्न सुरु गर्नुहोस् । नरिवलको तेलले तपाईंको कपाललाई निकै फाइदा पुर्‍याउँछ । नरिवलको तेलले कपाल मालिस गर्दा कपाल कालो बनाउन मात्र मद्दत गर्दैन, बलियो पनि बनाउँछ । यसले कपाल झर्ने समस्याबाट पनि छुटकारा दिन्छ । नरिवलको तेल सर्वसुलभ रूपमा पाइने भएकाले पनि प्रयोग गर्न सजिलो हुन्छ ।

पोष्टिक आहार

यदि तपाईँले खाने खानामा सन्तुलित छैन् भने त्यसले पनि कपाल सेती हुन सक्छ । त्यसैले कपाल सेतो हुनबाट बचाउन खानाको मात्रा मिलाउनु जरुरी छ । पौष्टिक आहार युक्त खाना खानु पर्ने हुन्छ ।

प्याजको रस

प्याजको रसले कपाल सेतो हुनबाट जोगाउँछ । प्याजका टुक्रालाई राम्रोसँग पिसेर त्यसलाई निर्चोने र आएको रसले कपालको जरामा मालिस गर्ने हो भने फाईदाजनक हुन्छ । तर यो हप्तामा दुईपटक सम्म गर्नु पर्ने हुन्छ ।

मेहेन्दी र मेथी

कपाल सेतो हुनबाट बचाउने अर्को उत्तम उपाय भनेको मेहेन्दी र मेथीको मिश्रण हो । यी दुईलाई मिसाएर पेष्ट बनाउने र त्यसमा बटर मिल्क वा नरिवलको तेल मिलाएर कपाल मालिस गर्ने हो भने कपाल सेतो हुनबाट जोगाउँछ ।

 

कमेन्ट गर्नुहोस्