विनोदले गीता राईलाई मस्याङ्दी तार्ने तयारी गर्दै, भिडियोसहित

काठमाडौं, पुस २६ । पछिल्लो समयमा लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा मौलिकता हराउंदै गैरहेको अवस्थामा कलाकार आफ्नै कला संस्कृति र मौलिक परम्पराको जगेर्ना आफैले गर्नु पर्छ भन्ने मूल उद्देश्य लिइ संचालित बिहानी डिजिटल प्रालिले पछिल्लो पटक पन्चेबाजाद्वारा सुसजित लोक दोहोरी गीत ‘जन्म ठाउँ तिर’ लाई भर्खरै बजारमा ल्याएको छ ।

राम गगन र दिलु फगामी को सुमधुर स्वरले सजिएको यस गीतलाई लय राम गगन र शब्द अमित बिस्वकर्माले तयार पारेका छन् ।

आफ्नै गाउँ वस्ती र कुना कन्दराको झझल्को दिने गरेर यस गीतको म्युजिक भिडियो पनि तयार पारिएको छ । भिडियोमा बिनोद श्रेष्ठ र गीता राइको मौलिक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन उमेश गुरुङले गरेका हुन् भने छायांकन मधुर बस्नेत र शम्भु चालिसे, त्यसैगरी सम्पादन सुजन शाहीले गरेका छन् ।

हेर्नुहोस भिडियो

 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  पूर्णकला र कुलेन्द्रको मर्मस्पर्शी गीत ‘पागल हुने बेला’, भिडियोसहित
%d bloggers like this: