टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को निर्वाचनमा पाण्डे र घिमिरे समूह मैदानमा

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) को आसन्न निर्वाचनका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

व्यवसायी सीएन पाण्डे र दीपेन्द्रकुमार घिमिरेले समूह बनाएरै उम्मेदवारी घोषणा गरेका छन् ।

घिमिरेले पत्रकार सम्मेलन गरी आफ्नो टिमसहित घोषणापत्र सार्वजनिक गरेका छन् ।

पर्यटन विभागले खारेज गरेका सम्पूर्ण इजाजत पत्रहरुलाई नवीकरण गर्न पहल गर्ने अध्यक्षका प्रत्यासी घिमिरेले बताए ।

पर्यटक सवारी–साधनसँग सम्बन्धित समस्या पर्यटक सवारी व्यवसायीहरुसँग समन्वय गरी समाधान गर्ने प्रतिबद्धता घिमिरेले जनाए ।

आन्तरिक र बाह्य पयर्टन प्याकेजहरुमा लाग्ने करमा सहुलियतका लागि सरकारसँग समन्वय गरी काम गर्ने उनको भनाइ छ ।

यसअघि, पाण्डेले पनि आफ्नो समूहसहित घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  द्वन्द्वमा विस्थापित बैंक पुनःस्थापना गर्न अर्थमन्त्रालयको निर्देशन
%d bloggers like this: