डोपिङ टेष्टमा फेल भए युसुफ पठान, ५ महिना खेल्न प्रतिबन्ध

काठमाडौं, भारतीय क्रिकेटका चर्चित खेलाडी युसुफ पठान डोप टेष्टमा फेल भएका छन् । बिसीसीआईले उनले थाहा नपाइनकन नै प्रतिबन्धित पदार्थ सेवन गरेको बताएको छ ।

उक्त नमूना एक वर्ष अघि लिइएको थियो ।

बिसिसीआईले जारी गरेको एक बयानमा उल्लेख छ, ‘युसुफ पठानमाथि डोपिङ उल्लंघनका कारण निलम्बन लगाइएको छ । उनले अन्जानमा नै चिसो र खोकीमा प्रयोग गरिने सिरपमा समेत पाइने एउटा प्रतिबन्धित पदार्थको सेवन गरेका रहेछन् ।

पठानले गत वर्ष मार्च १६ का दिन एउटा घरेलु टी २० प्रतिष्पर्धापछि बिसिसीआईका डोपिङ निरोधक परीक्षण कार्यक्रम अन्तर्गत पिसाबको नमूना जाँचका लागि दिएका थिए ।

बोर्डले अगाडि भनेको छ, “हामीले उनको नमूनाको जाँच गर्दा त्यसमा टरबुटेलाइनका अंश पाइए । यो वाडाको प्रतिबन्धित पदार्थहरुको सूचिमा आउँछ ।

भारतका लागि ५७ वान डे र २२ वटा टी २० खेल खेलेका पठानमाथि बिसिसीआईको डोपिंग निरोधक नियमावलीको धारा २.१ अन्तर्गत आरोप लगाइएको थियो र आरोपको निर्धारणसम्म उनलाई अस्थायीरुपमा खेल्नबाट निलम्बित गरिएको थियो ।

पठानले भने टर्बेलाइन पदार्थ भएको औषधी सेवन गरेका कारण समस्यामा परेको जनाएका छन् । यो निलमबन भने अगस्तबाट लागु भएर यही जनवरीमा सकिने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: