सुमन र अपेक्षाको माया यसरी झांगिएपछि…

चर्चित मोडल अपेक्षा बस्याल र गायक एवं मोडल सुमन परियारको माया जालमा परेका छन । उनीहरुको माया जाल यतिसम्म गहिरिएको छ कि एक अर्का विना बाँच्नै नसक्ने भएका छन् ।

मायांको कहानी अधुरो नछाडी कहानी मुना मदनको जस्तो अपुरो नछाडने बताएका छन् । यो कुरा उनको वास्तविक जिवनमा नभई रन्जु पाण्डेको लोकदोहोरी गीत पुर्णिमाको जुनमा भेटाईएको हो ।

सप्तक डिजीटल प्रालीको प्रस्तुतीमा बजारमा आएको लोक दोहोरी गित पुर्णिमाको जुनमा शारदा मरासिनी सरुको लय, रञ्जु पाण्डेको शब्द रहेको गितमा लोकप्रिय गायिका संझना भण्डारी र प्रेम केसीको स्वर रहेको छ ।

मदन खडकाले निर्देशन गरेको गीतको भिडियोमा अपेक्षा बस्याल, सुमन परियार र चन्द्र पाण्डे नाचेका छन् । गीतलाई टंक केसीले खिचेका हुन् भने विकाश ज्ञवालीले सम्पादन गरेका छन् ।

गीतले सार्वजनिक भएको छोटो समयमा श्रोता दर्शकको राम्रो साथ पाएको छ ।

गीतको भिडियो हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला-

कमेन्ट गर्नुहोस्