रमेश ठकुरीको ‘एक्लै बाच्न गाह्राे छैन र’ सार्वजनिक, भिडियोसहित

लोकदोहोरी क्षेत्रमा नयाँनयाँ कलाकार देखि पुराना कलाकारहरुको समेत धमा धम गीत सार्वजनिक भइरहेका छन । यसै अवसरमा रमेश हमाल ठकुरीको प्रस्तुती नयाँ गीत एक्लै बाच्न बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा रामप्रसाद पौडेल र राधा हमाल ठकुरीको सुमधुर आवाज रहेको छ । उनीहरुको गायकी पन सुन्दा उनीहरुको सम्भावना भएको आवाजको रुपमा लिन सकिन्छ । गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

सुर्य केसी र रामप्रसाद पौडेलको उत्कृष्ट शव्द सिर्जना रहेको सो गीतमा राम प्रसाद पौडेलले लय सिर्जना गरेका छन भने गीत माया प्रेमलाई विषय बस्तु बनाएको छ ।

पछिल्लो समयका निकै लोकप्रिय निर्देशक सिर्जन बरालले निर्देशन गरेको सो गीतमा निरुता शाही ठकुरी , नविन शर्मा र गणेश सापकोटाले अभिनय गरेका छन । भने गीतलाई सारदा म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको छ ।
हेर्नुहोस म्युजिक भिडियो: 

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  दिपक र अम्बिकको स्वर रहेको ‘आत्महत्या’ गीतको भिडियो हेर्नुहोस्
%d bloggers like this: