मुटुको रोगीले विवाह गरे लामो जीवन जिउने संभावना ?

हालै अमेरिकामा गरिएको एक अध्ययनबाट मुटुको रोग लागेका मानिसले विवाह गरे भने उनीहरुले लामो जीवन जिउने संभावना बढेर जाने खुलासा भएको छ ।

यसका साथै विवाह गरेर डिभोर्स गरेका, पार्टनरको मृत्यु भएका या कहिल्यै विवाह नगरेका व्यक्तिलाई भन्दा विवाहित व्यक्तिलाई मुटु रोगको जोखिम कम हुने पनि अध्ययनबाट पत्ता लागेको छ ।

अध्ययनका अनुसार विवाहित मुटुरोगीले पनि हृदयसँग जोडिएका कैयौं रिस्क फ्याक्टरको सामना गर्नुपर्ने हुन्छ । तर जो व्यक्ति अविवाहित छन् या उनीसँग पार्टनर छैन, उनीहरुलाई मुटुको समस्या भयो भने विवाहित मुटुरोगीभन्दा उनीहरुको मृत्यु हुने संभावना ७१ प्रतिशत बढी हुन्छ ।

अमेरिकाको एटलान्टास्थित इमोरी विश्वविद्यालय स्कूल अफ मेडिसिनका डा. अरशद क्युयुमी भन्छन्, ‘हामीले कैयौं बायोमार्कर्सको आकलन गर्यौं । जसमा कोलेस्ट्रोल, हाई ब्लडप्रेशर र मधुमेय सामेल छ ।

यसबाट के पत्ता लाग्यो भने, विवाह नभएका मानिसको मृत्यु हुने दर बढी देखियो । किनकी उनीहरुमा यहाँ उल्लेख गरिएका परिस्थित धेरै पाइन्छन् ।’

अनुसन्धानकर्ताले करिव ६ हजार यस्ता महिला र पुरुषलाई आफ्नो अध्ययनमा सहभागी गराएका थिए । जसको मुटुको धमनी पहिलेदेखि नै खराब थियो ।

सम्बन्धित् समाचार  अदुवा सेवन गर्नुहुन्छ भने होसियार, यस्तो अवस्थामा हुनसक्छ हानि

त्यसपछि अनुसन्धान टीमले मुटुको रोगका कारण हुने मृत्यु र अन्य रोगको वैवाहिक स्थितिसँग हुने सम्बन्धबारे अध्ययन गर्यो ।

अध्ययनबाट यो पत्ता लाग्यो कि विवाह नभएका अथवा पार्टनरको मृत्यु भएका व्यक्तिको अवस्था धेरै निराशाजनक देखियो । विवाहित व्यक्ति भन्दा पार्टनगरको मृत्यु भएका व्यक्तिमा हृदयघातका कारण मृत्यु हुने संभावना ७१ प्रतिशत बढी हुन्छ ।

यस्तै डिभोर्स गरेका र विवाह नगरेका व्यक्तिको मृत्यु हुने संभावना ४० प्रतिशत बढी हुन्छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: